एमालेका कारण संशोधन विधेयक फेल-माओवादीको निष्कर्ष



सैघाली खबर,
काठमाण्डौ, ६ भदोै।
माओवादी केन्द्रले एमालेका कारण संविधान संशोधन विधेयक फेल भएको निस्कर्ष निकालेको छ ।

 

माओवादीको बैठकले एमालेकै कारण संशोधन विधेयक फेल भएको भन्दै राष्ट्रलाई एकतावद्ध गर्ने विधेयक फेल हुनु दुर्भाग्यपूर्ण भएको निस्कर्ष निकालेको हो ।

साथै बैठकले बाढीपहिरो पीडितहरुको तत्काल उद्दार गरी राहात वितरण गर्न माग गरेको छ ।

बाढीपहिरोबाट पीडित बनेका मृतकका परिवारलाई तीन लाख र पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्याकेजमा एक परिवारलाई पाँच लाख रुपैयाँ दिनुपर्ने माग समेत गरिएको प्रबक्ता पम्फा भुसालले जानकारी दिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्