कृष्णनगरमा प्रदेशमै पहिलो पटक डिजिटल नगर प्रोफाईल



कृष्णनगर । कृष्णनगर नगरपालिकाले सरकारले जारी गरेको नयाँ कार्यविधि अनुसार प्रदेश नं. पाँच कै पहिलो डिजिटल नगर प्रोफाईल निर्माण गरेको छ ।  संघीय सरकारले जारी गरेको नगर कार्यविधि अन्तर्गत कृष्णनगर नगरपालिकाको प्रोफाईल निर्माण जिम्मा पाएको रोबस्ट आईटी कन्सेप्ट्स प्रालिको प्राविधिक सहयोग तथा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको सो नगरप्रोफाईलले जिपिएस पद्धतिमार्फत नगरभित्रका वस्तुस्थिति सजिलै प्राप्त गर्न सकिनेछ । नगरपालिका भित्रको भौतिक , सामाजिक , औधोगिक , व्यावसायिक ,धार्मिक लगायत व्यक्तिगत घटना एवं नगरको चौतर्फी विकासमा टेवा पुर्याउने विषयवस्तुलाई निरन्तर अपडेट राख्न सा डिजिटल प्रोफाईन निमार्ण गर्न शुरु गरिएको नगरप्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो ।

प्रोफाईस परिपुर्णता दिने सम्बन्धमा आज राखिएको प्रमाणीकरण कार्यशालामा नगरपालिका भित्रका वडाध्यक्ष र कार्यपालिका सदस्यलगायतकाले आ–आफ्नो वरपर छुटेका विषयवस्तुबारे जानकारी गराई प्रफाईललाई थप विश्वसनीय बनाउन नगरउपप्रमुख सबनम खातुनले आग्रह गरिन ।नगरकार्यपालिकाले योजना निर्माण गर्दा कुन क्षेत्रमा कति वजेट विनियोजन गर्ने भन्ने समास्या हुँदै आएका कारण प्रोफाईल बनेपछि योजनाहरु छनौटमा सरलता पुग्ने योजना अधिकृत प्रदिप कुमार चौधरी भनाई छ । साथै नगरपालिका भित्रका पुर्वाधार , पर्यटकीय स्थललाई समेत संरक्षण गर्नमा टेवा पुग्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्