शान्तिदिपका विद्यार्थीले दिए बिधालयलाई गमला उपहार



शान्तिदिप इङ्लिस बोर्डिङ स्कुल तुल्सिपुर ८ दुधेना दाङमा कक्षा १० का विद्यार्थीहरुले बिधालयलाई मायाको चिनो स्वरुप गमलामा फुल रोपेर उपहार दियका छन । कक्षा ९ का विद्यार्थीहरुको आयोजनामा भएको बिदाइ कार्यक्रममा कक्षा १० का ५२ जना विद्यार्थीहरुले बिधालयलाइ अझ ग्रिन क्लिन बनाउन यो उपहार दिएको कक्षा १० का विद्यार्थी निराजन सापकोटाले बताए।

शान्तिदिप स्कुल कक्षा ९ कि छात्र सभापतित्व, बिधालयका प्राचार्य गोबिन्द बहादुर शाहको प्रमुख आथित्यमा भएको कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न नृत्य, गजल र नाटक प्रस्तुत गरेका थिय। कक्षा ९ कि छात्र दिपिका के सि को स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रम सहजीकरण सहायक प्राचार्य नारायण भट्टराईले गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्