पाँच वर्षभित्र सबै युवालाई स्वरोजगार बनाउने आठराई गाउँपालिकाकाे घाेषणा



काठमान्डौ । तेह्रथुम आठराई गाउँपालिकाले पाँच वर्ष भित्रमा सबै युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । गाउँपालिकाले ब्यवसाय गर्छु भनेर आउने युवाहरुलाई तालिम र रकम उपलब्ध गराई स्वारोजगार बनाउने घाेषणा गरिएकाे छ ।

गाउँपालिकाले केही गर्छु भन्ने जाेस र जाँगर भएका युवाहरुलाई निशुल्क तालिम र अनुदानमा रकम उपलव्ध गराउने भएको छ । जसका लागि पालिकाले २० लाख रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले बताउनुभयो ।

नेपालमा अवसर नपाएर विदेश जान वाध्य भएका युवाहरुलाई गाउँमा नै स्वोरोजगार बनाउन गाउँपालिकाले विभिन्न योजनाहरु पनि अगाडी सारेको छ । स्थानीयवासीहरुले ब्यवसायिक योजना बनाएर ब्यवसाय सुरु गरेमा पहिलो पटक २ लाख रुपैया सम्म निशुल्क प्रदान गर्ने भएको छ । सात बटा बडा रहेको गाउँपालिकामा २१ हजार ७ सय ४७ जनसंख्या रहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्