एप्पलले ल्यायो (AirPods) यस्ता छन् फिचर्स



काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले दोस्रो जेनेरेशन एयरपोडस् (AirPods) सार्वजनिक गरहेको छ । एयरपोडस् एप्पलको वायरलेस इयरफोन हो । यस इयरफोनको नेपाली मूल्य २४ हजार पर्न जान्छ । यो पटक कम्पनीले वायरलेस चार्जिङसमेतको अप्शन दिएको छ ।

तर वायरलेस चार्जिङ अप्शनवाला इयरफोनको लागि तपाई हामीले ३१ हजार जति खर्च गर्नुपर्ने हुन्छ । यस इयरफोनको विक्री वितरण अर्को साताबाट सुरु हुने बताइएको छ ।

एप्पलले २०१६ मा एयरपोडस् (AirPods) सार्वजनिक गरेको थियो । सुरुवातमा उक्त डिजाइनलाई लिएर निकै मज्जा क उडाइएको थियो । अहिले भर्खरै सार्वजनिक गरिएको एयरपोडस्मा एच वान चिप (H1) दिइएको छ । कम्पनीको दाबी अनुसार यसले ५० प्रतिशत टल्कटाइम र एप्पल डिबाइसमा डबल कनेक्टिभिटी दिनेछ । कम्पनीका अनुसार यो चिपले सुपेरियर अडियोको लागि विशेष तरिकाले डिजाइन गरिएको छ ।

इस एयरपोडस्मा हेइ सिरि (Hey Siri) वाँयस एक्टिबेशनलाई पनि सपोर्ट दिइएको छ । जहाँ तपाई हामीले एयरपोडसलाई हेइ सिरिले बोलाएर गीतलाई परिवर्तन गर्न, कल गर्न र म्याप्समा नेविगेशन गर्न सक्छौं । यो पटक भने कम्पनीले वायरलेस चार्जिङवाला एयरपोडस् पनि पेश गरेको छ ।

कम्पनीको दाबी अनुसार एक पटक चार्ज गरेपछि २४ घण्टासम्म लिस्निङ टाइम दिनेछ । यसलाई कुनैपनि क्युआई (QI) एनेबल वायरलेस चार्जरमा राखेर चार्ज गर्न सकिनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्