थारु जाती र जातिय संस्कार राज्य वाट उपेक्षित थारु अगुवाहरुको गुनासो



सैघाली खबर
दाङ १० ,भदौ
पश्चिम नेपालका ५ जिल्ला दाङ , वाँके , वर्दिया , कैलाली र कञ्चनपुर लाई थारु वाहुल क्षेत्रका रुपमा चिनिन्छ । भोली आईतवार यि ५ जिल्लामा थारु जातीले अट्वारी पर्व मनाईदै छन । तर नेपाल सरकारले यि जिल्लामा भने सार्वजानिक विदा दिएको छैन । राज्यले थारु जाति र जातिय संस्कार , परम्परा लाई मान्यता नदिदा आफुहरुको माथि राज्यले जातिय विभेद गरेको आरोप लगाएतका छन ।

थारु समुदाएको पर्ब “अट्वारी”को एक कार्यक्रम बिच शुभकामना आदनप्रदान गरिएको छ । शनिबार तुल्सिपुर ५, जबरपुर स्थित नमुना भुँह्यार थानमा थारु पत्रकार संघ ,ख्याल बगाल र नमुना भुँह्यार थानको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा बोल्ने बक्ता एबम थारु अगुवाहरुले यस्तो वताएका थिए ।

देशमा लोकतन्त्र र गनतन्त्र स्थापना भएको लामो समय बितिसक्दा पनि थारु समुदायले यस्को अनुभुति गर्न नसकेको गुनासो थारु अगुवाहरुको छ । देशमा रहेका बिभिन्न जातजातिको पर्बमा सरकारले सार्बजनिक बिदा दिए पनि थारु समुदायको पर्बमा भने बिदा नगरेको आरोप लगाए ।थारुहरु पनि यो देशका नागरिक हुन, उनिहरुको आफनै कला र सँस्कृति रहेको भन्दै बत्ताmहरुले यदि राज्यले थारु समुदाय र सँस्कृतिको सम्मान गर्न चाहन्छ भने अट्वारी पर्बको कम्तिमा २ दिन सार्बजनिक बिदा दिनु पर्ने बटाए ।

संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षता तथा नमुना भुँह्यार थानका अध्यक्ष एबम अधिबत्ता रामशरण चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा.सुरेन्द« चौधरी ,मुक्त कम्लरी बिकाश मञ्चका सल्लाहकार उर्मिला चौधरी, स्थानिय बुद्धिजिबि राजबहादुर घर्ति, नमुना भुँह्यार थानका उपाध्यक्ष नारायण चौधरी, थारु साहित्यकार लब्लीन क्यानभास, सञ्चारकर्मि यबम साहत्यकार बिष्णु कुसुम, सामाजिक अभियान्ता यबम लेखक कृष्ण समर्पण थारु पत्रकार संघ तुल्सिपुरका संयोजक लालु चौधरी लगाएतले बोल्नु भएको थियो । ख्याल बगाल दाड्डका संयोजक सबि थारुको स्वागत मन्तब्यबात शुरु भएको कार्यक्रमको सहजिकरण थारु पत्रकार संघ दाड्डका सचिब नबिन चौधरीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्