देशै भरि मौसम बदलि रही मेघगर्जन सहित वर्षा हुने संभावना



काठमान्डौ आज उपत्यका सहित पूर्वी भूभाग लगायत मध्य र पश्चिमि पहाडि भेगहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । उपत्यका सहित  पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भेगका एक दुइ स्थानहरुमा मध्यान्ह पछी मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य र पूर्वी हिमालि भेगका एक दुई स्थानमा हल्का हिमपातको संभावना छ भने राति पश्चिमि भेगका थोरै स्थानहरुमा र मध्य र पूर्वी पहाडि भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षा हुने र हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै भोलि (शनिबार) पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदली रहनेछ । पूर्वी पहाडी भेगका थोरै स्थानहरु र मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्