प्रधानमन्त्रीको भारत भ्रमणले दुई देश बीचको सम्वन्ध थप प्रगाढ बनाउन भूमिका खेल्छ-मन्त्री बस्नेत



सैघाली खबर
दाङ,११ भदौ।
साामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देश बीचको सम्वन्ध थप प्रगाढ बनाउन भूमिका खेलेको बताउनुभएको छ ।
रिपोटर्स क्लव नेपाल दाङ शाखाले आज आइतवार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री बस्नेतले प्रधानमन्त्री शेरवहादुर देउवाको भ्रमणका सवालमा भिन्न ढंग कुरा उठाउनु गलत भएको बताउनुभयो ।
प्रधानमन्त्रीको भ्रमणको क्रममा पुराना सन्धि सम्झौंताहरुको मात्रै पुनराबलोकन भएको तर, नयाँ सन्धि सम्झौंता केही नभएको मन्त्री बस्नेतले बताउनुभयो ।
प्रतिपक्षी हुँ भन्दैमा राष्ट्रियताको सवालमा मनपरी बोलेर राजनीति नगर्न उहाले प्रतिपक्षी एमालेलाई आग्रह पनि गर्नुभएको थियो ।
त्यस्तै उहाले सरकार अल्पमतमा छ वा यस्को विकल्प शुरु भइसकेको छ भन्नु गलत हुने बताउनुभयो ।
रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका कोषाध्यक्ष बालाराम खडकाले गर्नुभएको थियो ।
यसैबिच तुल्सीपुर उध्योग बाणिज्य संघले दाङको बिकासका लागी सहयोग गर्न सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतलाइ आग्रह गरेको छ । बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत बिरुले स्वागत गर्नुभएको हो ।
कार्यक्रममा संघका निर्बतमान अध्यक्ष बिमल रिजाल,बरिष्ठ उपाध्यक्ष राम प्रशाद चालीसे लगाएतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन महासचीव रुप बहादुर खत्रीले गर्नु भएको थयो ।

 

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्