प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म



काठमाडौं ,चैत १८। प्रदेश २ को रद्द र स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा ९एसईई० को परीक्षा २२ चैतदेखि सुरु हुने भएको छ । सो परीक्षा २९ गतेसम्म सञ्चालन हुने निर्णय भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय लिएको हो । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि बोर्डले ती विषयको परीक्षा रद्ध गर्दै अन्य सबै परीक्षा स्थगित गरेको थियो ।

बोर्डले २२ गते विज्ञान, २३ गते सामाजिक विषयको परीक्षा लिने जनाएको छ । यसैगरी चैत २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्रविधिक धारका विषयहरुको परीक्षा हुने छ ।

बैठकले हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए त्यसको व्यवस्थापन मिलाउन बोर्ड जिल्ला परीक्षा समन्वय समितिलाई आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्