रहस्यमै बन्दै प्रमोद बर्माको घटना



गिरिराज नेपाली
दाङ ११ , भदौ

गत साउन २३ गते वाँकेको अगैया जंगलमा मृत फेला परको घोराही निवासी नेपाल वंैक लिमिटेडका शाखा कार्यालय वर्दिया गुृलरियामा कार्यरत प्रमोद बर्माको हत्या वारे कुनै सत्यता खुलन सकेको छैन । घटना वारे अनुसन्धान जारी रहेपनि अनुसन्धानले कुनै दोषी प्रमाणित गर्न अझै सकेको छैन । अनुसन्धान जारी रहे पनि दोषी प्रमाणित हुन नसक्दा घटना अझै रहस्यमय वन्दै गएको छ । प्रहरी ÷प्रशासनको फितलो अनुन्धान र लापरवाहीका दोषी प्रमाणित हुन नसकेको मृतकका परिवारले गुनासो गरेका छन ।

मृतक बर्माकी श्रीमती एंव नेपाल पत्रकार महासंघ दाङकी सदस्य पार्वती वस्नेतले सत्यतथ्य छानविनका लागि प्रहरी ÷प्रशासनले आँखा चिम्लीएकाले दोषी उन्मुक्ती पाएको र पिडित लाई अझै पिडित वनाउदै लगेको उनले वताईन । घटनाको सत्यतथ्य छानविनको माग राख्दै गत साउन २७ गते ईलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दर्ता गरे पनि प्रहरी दोषी लाई अझै पक्राउ गर्न नगरेको उनले वताईन । जाहेरी दिएको १५ दिन वितिसक्दा समेत प्रहरीले आरोपितहरु लाई पक्राउ गरी कानुनी प्रक्रिया अझै नचलाएको उनले वताईन । प्रहरीले उक्त घटना लाई प्रहरीले लापरवाही गर्दा घटनाको सत्यता वाहिर आउन नसकेको मृतक बर्माकी श्रीमती वस्नेतले वताईन । प्रहरीको प्रारम्भीक अनुसन्धान र मुचुर्कामा हत्याको आशंका रहे पनि मेडिकल रिर्पाेटमा भने आत्महत्या वा हत्या नखुलाई ‘सामान्य ’ रिर्पाेट खुलाएकाल बर्माको घटना अझै रहस्यमय वन्दै गएको छ ।

श्रीमती वस्नेतले भनिन –प्रहरी हत्याको शंका गरे , रिर्पाेट पनि त्यही आधारमा उठायो । तर भेरी अञ्चल अस्पतालले सामान्य शव्द राखी रिर्पाेट पेश गरेको छ । ’ आरोपित विन्दु ज्ञवालीका दाई केशव ज्ञवाली भेरी अञ्चल अस्पतालामा ल्याप टेक्निसियन प्रमुख रहेकाले रिर्पाेटमा फेरवदल भएको उनले दावी गरेकी छिन । तर त्यस वारे प्रहरी÷ प्रशासन लाई जानकारी गराउदा समेत त्यस वारे प्रहरी प्रशासन मौन रहेको उनले आरोप लगाएकी छिन । मृतक बर्माको सत्यतथ्य छान विनका लागि अङग परिक्षणका लागि विडि प्रयोग शाला काठमाण्डौमा पठाउने भनिए पनि प्रहरी उक्त अङग प्रशिक्षणका लागि राखिएका अङगहरु अझै नपठाएको वस्नेत वताईन । घटना वारे प्रहरी ÷प्रशासनले लापरवाही गर्दा पिडित अझै पिडित बनाएको छ । उनले भनिन – घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई हदै सम्मको कार्वाही हुनुपर्छ । ’ पैसाको चलखेल गरी पोष्ट्रमार्टम रिर्पाेट फेरवदल गरिएको हुन सक्ने उनले वताईन । परिक्षणका लागि राखिएको अङगहरु पनि अस्पताले प्रहरी ढिलो दिनुमा कुनै चलखेल भएको हुन सक्ने उनले वताईन ।

तर यस वारे प्रहरी मौन रहेकाले आफु लाई थप पिडित वनाएको उनले वताईन ।  ईलाका प्रहरी कार्यालय कोहलपुृरले घटना वारे अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरीले घटना वारे मृतक बर्मा वसोवास क्षेत्र वर्दिया गुलरिया र घटना स्थल क्षेत्रमा विशेष प्रहरी परिचालन गरी घटना वारे गहिरो अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय कोहलपुृरका प्रहरी निरिक्षक भिम कार्कीले जानकारी दिए । शव परिक्षण गरी सामान्य रिर्पाेट प्राप्त भए पनि प्रहरी विशेष योजनाका साथ अनुसन्धान जारी राखेको उनले वताए । कार्कीले भने – अनुसन्धानमा केही ढिलो चाँडो हुन्छ नै । तर हिजोको आज र आजको भोली हुने भन्ने कुरो होईन यो । ’ प्रहरीले सक्रिया पुर्वक घटना वारे अनुसन्धान जारी राखेलको अनुसन्धानमा वाट खुलेको कुरा लाई सार्वजानिक गरी दोषी ठहर भएमा कार्वाही गरी पिडित न्याय दिलाउने प्रयासमा प्रहरी लागेका उनले वताए ।

साउन २७ गते जाहेरी परे यही भदौ ७ गते मात्रै ति दुई आरोपितहरु लाई पक्राउ गरीएको प्रहरी निरिक्षक कार्कीले वताए । उनले भने – ‘घटना भएको हो । ’तर घटना कसरी किन भएको हो । त्यो भने अझै पत्ता लाग्न वाँकी नै रहेको उनले वताए । मृतक बर्माको अङग परिक्षणका लागि राखिएका अङगहरु अस्पतालले प्रहरी लाई ढिला दिदा ‘भिसेरा ट्रेष्ट’ मा ढिलाई भएको उनले वताए । उनले भने – वुधवार मात्रै अस्पतालले मृतक बर्माको अङग प्रहरी लाई दिए पछि प्रहरीले विहिवार नै तुरुन्तै अङग परिक्षणका लागि काठमाण्डौ पठाएको उनले वताए ।

नेपाल पत्रकार महासंघ दाङको टोली वर्दिया जाँदै

नेपाल पत्रकार महासंघ दाङ शाखाको टोली घटना वारे थप अनुसन्धान गर्न वर्दिया जाने भएको छ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले घटना अझै रहस्यमय वन्दै गईरहेकाले घटना सत्यतथ्य छानविनका लागि नेपाल पत्रकार महासंघको शिर्षस्त टोली घटना वारे थप जानकारी लिन वर्दियाको गुलरियामा जाने उनले वताए ।

नेपाल पत्रकार महासंघ दाङको शनिवार सम्पन्न वैठकले सदस्य पार्वती वस्नेतकी श्रीमान मृतक बर्माको सत्यता सार्वजानिक माग राख्दै घटना स्थल वाँके हुदै वर्दिया जाने निर्णय गरेको छ । घटनाको छानविनका लागि प्रहरीले लापरवाही गरेको आपत्ती जनाउदै घटनाको छानविनका लागि गम्भीर हुन प्रहरी लाई आग्रह गरीएको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्