मुस्लिम समुदायको गुनासो सांसद कलीला खानसँग



शहबाज खान

कपिलवस्तु। नेपालमा मुस्लिम समुदायको एउटा बेग्लै इतिहास छ। नेपाल एकिकरण हुंदै गर्दा मुस्लिमहरुले निभाएको भूमिका सम्झना योग्य छ । मुस्लिम समुदायले देशमा आएका अनेक परिवर्तनलाई असल नागरिकका सदा आत्मा साथ गर्दै आएको छ । तर गणतंत्र प्राप्तिका लागि मुस्लिमहरुले दिएका योगदान र कुर्बानीलाई राज्यले हरेक पटक लत्याइरहेका छन् ।

देशमा लोकतंत्र, गणतन्त्र र नंया नेपालको संविधान को व्यवस्था पोकामा मात्र खुम्चिनु दुखदायी हो । इतिहास कै शक्तिशाली सरकार बहुमतको कम्युनिस्ट सरकार आउने बित्तिकै यस समुदायलाई निराशा तर्फ धकेलिएको छ भने सांसद कलीला खानलाइ मुस्लिम समुदायको गुनासो सुन्नु परेको छ ।

हरेक क्षेत्रमा मुस्लिमलाई अधिकारहरु बाट बंचित गराउने षड्यंत्र बनाइरहेको सांसद कलीला खानलाइ भेटेर मुस्लिम समुदायले गुनासो पोखेका छन् ।

गत वर्ष नै नंया सरकार आए लगतै मुस्लिम समुदायका कुनै पनि पर्वहरुमा सार्वजनिक बिदा नहुने गरी निर्णय गर्यो र राजपत्रमा प्रकाशित गरियो । पटक पटक सांसद कलीला खानले यस् बिषयमा संसदमा आवाज पनि उठाइरहेकी छिन् र मुस्लिम समुदायलाई आस्वाशन दिएको छ की बिदा कटौती सरकारले फिर्ता गर्ने छ ।

इस्लाम धर्मावलंबीहरुको पर्व ईदूलफित्र, ईदुलअज्हा र ईदमिलादुन्नबीका दिन सम्बंधित धर्म संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र बिदा यही अनुरूप सरकारले सार्वजनिक बिदाहरुलाई वर्गीकरण गरेको भनाइ छ । जस मध्ये केही राष्ट्रीय सार्वजनिक बिदाको बाकसमा मात्र राख्यो र केहीलाई सम्बंधित वर्ग समुदाय भूगोल र लैगिंक समुह विशेषको आधारमा छुट्टै बाकसमा थन्कायो । मुस्लिम समुदायलाई बाकसभित्र थन्कायो भने मुस्लिम समुदाय बाट चौतर्फी दबाब भएकोछ । विभिका मुस्लिम समुदायका संघ संस्थाहरु,भातृ संगठनहरु,विद्मार्थीहरु तथा मुस्लिम बुद्धिजीवीहरुले सरकारको ध्यानाकर्षण गराउनु पर्नेमा दबाव दिइरहेकोछन् ।

पटक पटक संसदबाट माननीय कलीला खानले सरकारलाई ध्यानाकर्षण गराएको हो । सरकार पक्ष नेताहरु ज्ञापनपत्र दिने देखि सदनमा आवाज उठ्न थालियो, अगाडी माननीय कलीला खान भन्नुहुन्छ: सरकार पक्षबाट पहिला हतारमा निर्णय गर्दा यो समस्या आएको तर अगामी वर्षमा पक्का बिदा हुने यो गल्ती न दोहोर्याउनेमा विश्वस्त रहन समुदायलाई दिने जवाफ छैन् । संसद कलीला खान ज्युले मुस्लिम समुदायलाई आश्वासन दिनु भएकोछ कि “आउने ईदुलफित्र लगायतका पर्वमा पक्का सार्वजनिक बिदा हुनेछ भनेमा ढुक्क हुन अनुरोध गर्न चाहन्छु ।”
मुस्लिम समुदायको खोसिएका सम्पूर्ण अधिकारहरु बहाल हुने भनी माननीय कलीला खानको पहल रहनेछ । यो विषयमा समस्त मुस्लिम समुदाय आशावादी रहेकोछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्