अन्जु पन्तले बाँडेको शैक्षिक सामग्री कसरी बाइबल भयो ?



गीताञ्जली दाहाल
काठमान्डौ । सामाजिक संजालमा भाइरल हुनलाई आजकाल केही नँया कुरा हुनै पर्दैन।हरेक कुरा भाइरल, कसैले केही गर्न हुदैन सबै भाइरल,कति सम्म गिर्दैछन् सामाजिक संजाल प्रयोग कर्ता ? त्यो त तपाईं हामीलाई थाहा नै छ।
कति सम्म दुरुपयोग?कसैको मृत्यु हुन हुदैन, फोटो आइहाल्छ, कसैको दुर्घटनामा परि ज्यान जोखिममा छ उसलाई सहयोग भन्दा पहिला फोटो खिचेर पोष्ट हुन्छ सामाजिक संजालमा।

कहाँ जादैछन् नेपाली ? यही हो नेपालीको मानवता ?

आइतबार बारा-पर्सामा आधि,हावाहुरीले २९ जना को ज्यान लियो ,४०० जना भन्दा बढी घाइते छन्, सबैका घर लडेका छन्,गास बास कपास उडेको छ तर सहयोग गर्ने भन्दा धेरै फोटो र सेल्फीले सामाजिक संजाल भरिएको छ। कहाँ जादैछन् नेपाली ? यही हो नेपालीको मानबता ?
ति हावाहुरी पिडितको लागि सहयोग गरेको तस्बिर क्ष्याप क्ष्याप्ति देखिएको बेला,राष्टिय कलाकार,बुद्धिजीवी,नेताहरु भने पुराना पोष्ट बाट भाइरल बनिरहेका छन् ।

यस्तै मा नेपालकी चर्चित गायिका अन्जु पन्तलाई पनि यतीखेर भाइरल बनाएको छ। अन्जु पन्त को राहतको सामान संगै केही किताब संग खिचिएको तस्वीर लाइ लिएर तर्क बितर्क भैरहेको छ। फोटो पोस्ट गर्नेले “बाइबल” धर्म प्रचार प्रसारमा हिनेको भन्ने स्ट्याटस रखिरहादा उक्त पोस्ट आजको नभई ४  महिना आगाडीको रहेको खुल्न आएको छ। जहाँ देशै भरि रहेका,पिछडिएका,पढ्न बाट बन्चित बालबालिका हरुलाई ‘अन्जु पन्त फाउण्डेसन’द्वारा सहयोगार्थ किताब,कपि,कलम जस्ता सैक्षिक सामग्री  सहयोग गर्न लागिएको तस्वीर रहेको छ। उनले स्ट्याटसमा लेखेकी छिन् ।

“मेरा सबै संसारभरी रहनुभएका प्रिय परिवारहरुमा नमस्ते मलाई सानैदेखि अरूलाई सहयोग गर्न पाउँदा अझ भविष्यका कर्णधार वालवालिकाहरूलाई सहयोग गर्न पाउँदा धेरै खुसी लाग्छ । अहिले सानै भए पनि आफूले सकेको सहयोग गरौँ भन्ने भावनाले खोलिएको ‘अन्जु पन्त फाउण्डेसन'(Anju Panta Foundation) को सहयोग कार्यक्रमका लागि तराईका भिभिन्न ठाउँको भ्रमणमा छु । अहिलेको भ्रमणमा सहयोगहरु निम्नानुसार रहेको छ ।”
१) २०७५/८/१६ गते बिरगंज कारागारको समता स्कुलका विध्यार्थीहरूलाई १०० स्कुल ब्याग , ४०० कपी, १०० इरेजर, १०० कटर तथा चकलेट आदि वितरण गरियो ।
२) २०७५/८/१७ गते पर्सा महुवनरामनगरिया अपाङ्ग आश्रममा २० जनाका लागि २० वटा फाइबर सिरक अनि चकलेट बिस्कुटहरू वितरण गरियो
३) २०७५/८/१८ गते सर्लाही हरिपुरका मुसहर वालवालिकाहरूलाई ५५ वटा स्कुल ब्याग, २२० कापी, ५५ पेन्सिल, ५५ कटर, ५५ इरेजर तथा चकलेट बिस्कुटहरू सहयोग गरियो ।
४) मकवानपुरको खैराङका चेपाङवस्तीका वालवालिकाहरूका लागि ८८ वटा स्कुल ब्याग, ८८ पेन्सिल, ३५२ कापी, ८८ इरेजर, ८८ कटर, तथा विस्कुट चकलेटहरू वितरण गरियो ।
५) पर्साको बेलवा गाउँको मुसहर वस्तीमा ४९ वटा फाइबर सिरक आदि सहयोग गरियो ।
६) भक्तपुरका ३५ जना बृद्धहरुलाइ ३५ वटा फाइबर सिरक वितरण गर्ने कार्यक्रम छ ।
७) डोटीमा एच आइ भी पिडित बुवाआमाका वालवालिकाहरूलाई शैक्षिक सहयोग निरन्तर गर्ने कार्यक्रम रहेको छ ।

मलाई गाउँमा निकै खुसी लाग्छ । त्यसैले पनि मौका पाउनसाथ गाउँमा पुगिहाल्छु । यसपाली अझ प्रेम पुर्बक सहयोग कार्यक्रम लिएर गाउँवस्तीमा छु ।चाहे गीत रेकर्डिङ गर्दा होस्, स्टुडियोमा होस् वा ‘द भोइस’ को स्टेजमा होस् नवप्रतिभालाई केही प्रेम पुर्बक उपहार वा रुपैयाँ दिने गरेकोछु , किनभने यसबाट उहाहरूलाई हौसला,उत्साह मिल्छ भन्ने मलाई लाग्छ । मेरो यो हृदयलाई अन्यथा नलिइदिनुहोला ।
सबैले आफूले सकेको सहयोग गरौँ । धन्यवाद ।”

https://www.facebook.com/anjupanta/posts/2135537413176961

अन्जु पन्तले बाँडेको शैक्षिक सामग्री कसरी बाइबल भयो ?पढ्न नपाएकाले पढ्न नपाउने ?खान नपाएका लाइ भोकै मर्न दिने ? अज्ञानी लाइ ज्ञान नदिने ? आफु गर्न नसके अरुलाई गर्न नदिने ?  तपाइको प्रतिक्रिया के छ ?

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्