वर्तमान सरकार निर्वाचनमा केन्द्रित छ, राज्यमन्त्रि पुन



 

सैघाली खबर
दाङ १२ भाद्र ।सिचाई राज्यमन्त्रि अमरसिहं पुनले वर्तमान सरकारको निर्वाचनमा केन्द्रित भएको बताउनु भएको छ ।
रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राज्य मन्त्रि पुनले सरकारको ध्यान निर्वाचनमा रहेको बताउनु भएको हो । वर्तमान सरकारका सामु निर्वाचन , संबिधान कार्यान्वयनका साथै वाढि बाट भएको क्षेतिको पुर्ननिमार्ण गर्नु रहेको बताउनु भयो । बाढिले देशका बिभिन्न भागमा ठुलो क्षेति पु¥याएको भन्दै त्यसको पुर्ननिमार्ण गर्नु सरकारका सामु ठुलो चुनौति रहेको बताउनु भयो ।
रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राज्य मन्त्रि पुनले देशमा भएका सवै परिवर्तन तथा महत्वपुर्ण विकास निमार्णमा नेपाली काग्रेसको अग्रनि भुमिका रहेको उहाँले बताउनु भयो । नेपाली काग्रेसले नै मुलुकमा संविधान निमार्णको नेत्रृत्व गरेको भन्दै पुनले अव मुलुकमा विभिन्न निर्वाचनहरु सम्पन्न गरि संबिधान कार्यान्वयन पनि काग्रेसकै नेत्रृत्वमा सम्पन्न हुने बताउनु भयो । उहाँले त्यस बाहेक बिकास निमार्णका कार्य सरकारको नियमित काम भएको समेत स्पष्ट पार्नुभयो । रिपोटर्स क्लब नेपाल रोल्पाका अध्यक्ष सन्तोष शर्माको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण क्लब दाङका सचिव बिमल गौतमले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्