आज देखि मौसममा क्रमिक रुपमा सुधार हुने



काठमाडौं। आज देखि मौसममा क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सुधार हुँदै जाने छ। मौसमविद्का अनुसार सोमबार पश्चिमी क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने र मध्य र पूर्वी क्षेत्रको मौसम भने एक दुई दिन प्रभावित हुने छ।

काठमाडौँ उपत्यकामा आज बिहानै बाट घाँम लागे सङ्गै मौसममा सुधार देखिएको छ।
यस्तै देशका पूर्वी भू–भागमा आंसिकदेखि पूर्ण बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावन रहेको समेत महाशाखाले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्