चार बर्षीय बालकको नाकबाट १५ सेन्टिमिटर लामो जुका निक्लिए पछि!



काठमान्डौ। दाङको तुलसीपुरमा चार बर्षीय एक बालकको नाकबाट पानीमा पाइने जुका निकालिएको छ । सल्यान जिल्लाका चार बर्षका रुपेश केसीको नाकवाट लगातार तीन हप्तादेखि दायाँ प्वाँलवाट रगत बगेपछि अभिभावकले सोमवार बच्चालाई तुलसी बाल हस्पिटलमा ल्याएका थिए ।
बालरोग बिशेषज्ञ डा किशोर खत्रीको टिमले चेकजाँच र अनुसन्धान गर्दा नाकमा जुका रहेको बताएका थिए । त्यसपछि बच्चालाई आधाघण्टा बेहोस पारेर नाकमा पानीमा पाइने १५ सेन्टिमिटर लामो जुका निकालिएको हो ।

चेकजाँच गर्दा नाकमा जुका देखेपछि एक घन्टाको प्रयास पछि निकाल्न सफल भएको डा किशोरले भने । बच्चाले असुरक्षित रुपमा पानी पिउँदा उक्त जुका नाकमा प्रवेश गरेको हुनसक्ने डा खत्रीको भनाइ रहेको छ । यस्तो समस्या बाट जोगिन पानीको मुहानमा घोप्टो परेर मुखले पानी पीउन नहुने डाक्टरको सुझाब रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्