सैघामा अभिभावक भेला तथा पढाइ मेला



रोम थापा मगर ।

सैघा । घोराही उपमहानगर पालिका वडा नं १९ साविकको सैघा होडबाङ दाङमा रहेको श्री भगवति माध्यामिक विद्यालयमा अभिभावक भेला तथा पढाइ मेला कार्यक्रम सम्पन्न भएको छ । शिक्षक, अभिभावक संघका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्नेहरुले शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सुमधुर सम्बन्धबाट नै विद्यालयको शैक्षिक अवस्थालाइ अगाडि बढाउनेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका घोराही उपमहानगर पालिका वडा नं १९ का वडा अध्यक्ष हर्क बहादर घर्तिले भन्नुभयो “यो समय भनेको प्रविधिको युग भएकाले विद्यालयमा कम्प्युटर विषय पढाइ भएता पनि विद्युत नभएकाले प्रयोगात्मक रुपमा अध्ययन गर्न भने थप समस्या परेको बताउनुभयो ।” “उहाँले भन्नुभयो विद्यालय सम्म विद्युतका पोलहरु गाड्ने, तार तान्ने काम भैरहेको र अबको केहि समय भित्र विद्यालयमा विद्युत आपुर्ति हुने र पढाइमा अनुकुल बाताबरण मिल्ने जानकारी दिनुभयो ”।

विद्यालयमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम पनि सुरु भइसकेको छ । शैक्षिक सत्र २०७५ को आय – व्यय तथा शैक्षिक गतिविधिका बारेमा विद्यालयका प्रध्यानाध्यापक देवी बहादुर घर्तिले प्रस्तुत गर्दै आम अभिभावकहरुमा छलफल गरिएको थियो । कार्यक्रममा प्रारम्भिक कक्षा पढाईका समुदाय परिचालन अधिकृत महेन्द्र खरेल , दुईखोली प्रहरी चौकी प्रहरी सहायक निरिक्षक सागर घर्ति लगायत विभिन्न राजनिति दल , संघ सस्थाका विभिन्न विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । शिक्षिका पुजा घर्तिको स्वागत मन्तव्यबाट सुरु भएको थियो कार्यक्रममा घोराही उपमहानगर पालिका वडा नं १९ का वडा अध्यक्ष हर्क बहादुर घर्तिको प्रमुख आतिथ्यता एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शसिराम गिरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक प्रेम बहादुर घर्तिले गर्नु भएको थियो ।

विद्यार्थीको वार्षिक परिक्षाको नतिजाफल सार्वजनिक

यसै विच विद्यालयले बार्षिक परिक्षाको नतिजा सार्वजनिक गरेको छ । कक्षा १ देखि ९ सम्मको परिक्षाफल सार्वजनिक गरेको हो । कक्षा १ देखि कक्षा ९ सम्म जम्मा ५सय १३ जना विद्यार्थी भर्ना भएका थिए ।

४ सय ५७ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएकोमा ४ सय २ जना विद्यार्थी उत्तीर्ण र ५५ जना विद्यार्थीहरु परिक्षामा अनुतिर्ण भएका छन भने ५६जना विद्यार्थीहरुले बिचैमा कक्षा छोडेको विद्यालयका प्रधानाध्यापक देवी बहादुर घर्तिले जानकारी दिनुभयो । कक्षा १ मा ४७ जना विद्यार्थी मध्ये ४४ जना उत्तिर्ण र ३ जना विद्यार्थीहरु बिचैमा कक्षा छाडेका थिए । त्यस्तै कक्षा २ मा ४४ जना विद्यार्थीहरु मध्ये ४३ जना उत्तिर्ण भएका छन भने १ जनाले कक्षा छाडेका थिए । कक्षा ३ मा ४१ जना विद्यार्थीहरु मध्ये ३९ जना विद्यार्थी उत्तिर्ण भएकोमा २ जना कक्षा छाड्नेमा परेका छन ।

त्यसैगरि कक्षा ४ मा ३६ जना विद्यार्थीहरु मध्ये ३४ जना विद्यार्थीहरु उत्तिर्ण भएको र २ जना कक्षा छोड्नेमा परेका छन । कक्षा ५ मा ५२ जना विद्यार्थीहरु मध्ये ४८ जना उत्तिर्ण भएका छन भने ४ जनाले कक्षा छोडेको प्रधानाध्यापक देवी बहादुर घर्तिले बताउनुभयो । कक्षा ६ मा जम्मा ११४ जना विद्यार्थीहरु मध्ये ८३ जना उत्तिर्ण , १५ जना अनुत्तिर्ण र १६ जना विद्यार्थीहरु कक्षा छोड्नेमा परेका छन । कक्षा ७ मा ७८ जना विद्यार्थीहरु मध्ये ५८ जना उत्तिर्ण , ६ जना अनुत्तिर्ण भएकोमा १४ जनाले कक्षा छाडेका थिए ।

कक्षा ८ मा ५२ जना विद्यार्थीहरु मध्ये १० जना उत्तिर्ण , ३४ जना अनुत्तिर्ण भएका थिए भने ८ जनाले कक्षा छाडेका छन । कक्षा ९ मा जम्मा ४९ विद्यार्थीहरु मध्ये ४३ जना उत्तिर्ण भएकोमा ६ जना विद्यार्थीहरुले कक्षा छोडेका थिए ।

विदाई तथा स्वागत

त्यसै क्रममा विद्यालयबाट सरुवा भइ जाने ३ जना शिक्षक , शिक्षिकालाई विदाइ गरिएको थियो भने विद्यालयको करार नयाँ नियुक्तिमा ७ जना शिक्षक, शिक्षिकाहरुलाई स्वागत गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्