घोराही बजार सफा गर्न सि.डि.यो. देखि मेयर सम्म




सैघाली खबर ।
दाङ,१५ भदौ । घोराही, १५ भदौ । पत्रकार महासंघ दाङको प्राङ्गण विहिवार अन्य दिन भन्दा फरक देखिन्यो । दाङका प्रमुख जिल्ला अधिकारी देखि घोराही उपमहानरपालिकाका मेयर सम्मले झाडु बोकेर प्राङ्गणमा निस्केका थिए । हेर्दा घर धन्दामा झै ब्यस्त जस्ता देखिने सि.डि.यो र मेयर अब नियमति सरसफाई अभियानमा जुट्नु हुने भएको छ । सरसफाई अभियानलाई प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी प्रमुख दुर्गा सिंहले गर्नु भएको थियो ।

पाक्षिक रुपमामा गरिदै आएको घोराही बजारको सरसफाईलाई विहिबार पनि निरन्तरता दिदै अब घोराही बजार शुन्दर बनाउन भुमिका खेल्ने वताउनु भएको छ। घोराही उपमहानगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ दाङको अगुवाईमा घोराही बजारमा सरसफाई गरिएको थियो । नेपाल पत्रकार महासंघको कार्यालयबाट थालिएको सरसफाई तुलसीपुर चोक सम्म गरिएको छ । त्यस अबसरमा दाङमा प्रमुख जिल्ला अधिकारी जगेन्द्रबहादुर श्रेष्ठले दाङलाई देशकै नमुना शहरका रुपमा विकास गर्नु पर्ने वताउनुभयो । त्यसका लागि नियमित हुदै आएको सरसफाईलाई अगाडी बढाउनु पर्ने सुझाव दिनुभयो । त्यस अबसरमा घोराही उपमहानरपालिका मेयर नरुलाल चौधरीले जस्ले फाहोर गर्छ उसैले सफा गर्ने बानिको बिकास हुन आबस्यक रहेको बताउनुभयो । फोहोर एउटाले गर्ने र सफा अर्को गर्दियोस भन्ने सोच हटाएर आफुले गरेको फोहोर आफैले व्यवस्थापन गर्नुपर्ने मेयर चौधरीको भनाई छ ।


कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, महासंघका केन्द्रिय सचिब उदय जिएम, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल सहित पत्रकार, उद्योगि, व्यापारि, प्रहरी, उपमहानगरका कर्मचारी, ओमशान्तीका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्