वार्षिक समिक्षा गोष्ठी



 

सैघाली खबर
दाङ १५ , भदौ
जिल्ला स्थित क्रियाशिल सरकारी तथा गैर सरकारी कार्यालयहरुले वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

समिक्षा गोष्ठीमा वार्षिक प्रगति प्रतिवेदन सार्वजानिक गर्दै जिल्ला समन्वय समिति दाङले आर्थिक वर्ष २०७३मा ९३ प्रतिशत भौतिक विकास सम्पन्न भएको छ । जिल्ला समन्वय समिति दाङका अनुुसार गत आर्थिक वर्ष २०७३मा १ हजार ५६ भौतिक विकास सम्पन्न भएको जनाएको छ । विहिवार दाङको घोराहीमा सम्पन्न सरकारी तथा गैर सरकारी निकायहरुको वार्षिक समिक्षा प्रगति प्रतिवेदन सार्वजानिक कार्यक्रममा जिल्ला समन्वय समिति दाङले आर्थिक वर्ष २०७३÷७४ मा संञ्चालित १ हजार १ सय २९ योजनाहरु मध्ये १ हजार ५३ योजना सम्पन्न भएको जनाएको छ ।

जसमा ५ करोड २० लाख , रुपैया खर्च भएको जनाएको छ । प्रगति विवरण सार्वजानिक गर्दै जिल्ला समन्वय समिति दाङका सुचना अधिकारी कृष्ण केसीले ९ लाख , ३८ हजार रुपैया फ्रीज भएको जानकारी दिए ।

त्यस्तै डिभिजन सहकारी कार्यालय दाङ गत आर्थिक वर्ष २०७३÷७४ मा २ अर्व , ८२ करोड , ५७ लाख रुपैया लगानी वृद्धि गरेको जानकारी दिए । भने २ अर्व १३ लाख वचत गरेको गरेको जनाएको छ । डिभिजन प्रमुख विनोद पोख्रेल सहकारीको विकासको लगानी क्रमिक रुपमा विकास हुदै गईरहेका वताएका थिए ।

अन्य कार्यालयहरु महिला तथा वालवालिका कार्यालय दाङ , शिक्षा कार्यालय दाङ , घरेलु तथा साना उद्योग कार्यालय दाङ , जिल्ला पशु सेवा कार्यालय दाङ ,जिल्ला जनस्वास्थ्य कार्यालय दाङ , सिसा नेपाल लगाएतका प्रगति विवरण सार्वजानिक गरेका थिए । कार्यक्रम सहजीकरण जिल्ला समन्वय समिति दाङका सुचना अधिकारी कृष्ण केसीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्