वेपता परिवार भन्छन ‘ हामीलाई निषाप दे ’



गिरिराज नेपाली
दाङ १५ , भदौ
मुलुकमा शान्ती आएको वर्षाै भईसक्यो ।तर हाम«ा मन र घरमा कहिले त्यो दिन कहिले आउने हो , अझै थाहा छैन । घरको जोहो टार्नका लागि श्रीमान तिहार मानेर भारत जान्छु भनि घर वाट जानुभयो । तर अहिले सम्म उहाँको कुनै अतोपतो छैन । यो कुरा २०५६ साल मंसिर १४ गते घर वाट हिडेका श्रीमा जिउदो ÷मर्दाे केही खबर छैन । भन्दै घोराही उप–महानगरपालिका ४ की सुमरी चौधरीले गुनासो गरिन । उनले भनिन – ‘सरकार कि ज्यान देउ कि च्यान होईन भने निषाप दे ’ मेरो श्रीमान लाई कसले ÷ किन मारेको हो ? 

चौधरीले भनिन राज्यले न्याय दिन्छौ भन्दैमा न्यायको वाटो हेर्दा हेदै कपाल फुल्न थालिसक्यो । तर अझै तिमिले हामीलाई दिने न्याय वनाउन सकेको छैनौ र ? घरमा साना नावलक छोरा ÷छोरी लाई छोडेर कमाउन विदेशिएका श्रीमान एकाएक हराउनु भयो । त्यसका ४ महिना पछि फागुन २७ गते जेष्ठी छोरी लाई पनि सेनाले स्कुल जाँदा वाटमा छोपेर म¥यौ ।

त्यसको न्याय हामीले कहिले पाउने । श्रीमान वेपता भए –भए छोरी लाई पनि सेनाले मारे । वाँकी १ छोरी ÷१ छोरा थिए । ति पनि अहिले लाखा पाखा लागि सके वुढेसकालको साहारा यही लौरो मात्रै भयो । राज्यले न्याय र क्षतिपुर्ति दिन्छु भन्थ्यो । त्यो अरु लाई दियो मलाई दिएनन । अरुका वोल्ने , गर्ने मान्छे थिए । मेरा कोही छैनन । भएका पनि कोही हराए , कोही पराई भए , कोही मरीए । अव जीवन एक्लो भयो । राज्यले न्याय दिदा मलाई पनि दिन्छ की भन्ने ठुलो आशा थियो । त्यो पनि अव रहेन । सवैले गाँउमा क्षतिपुर्ति पाउदा अलिअलि भए पनि राहातको महसुस गरे ।मैले त्यो पनि गर्न पाईन । राज्यले राहात वितरणमा समेत विभेद गर्दा आफु लाई अझै अन्याय महसुस भएको उनले वताउछिन ।

राज्यले समानुपातिक राहात वितरणमा सवै द्वन्द्व पिडितहरु लाई संयोजन गर्न नसक्दा राज्यले आफुहरु माथि विभेद र अन्याय गरेको द्वन्द्वपिडितहरुले गुनासो गरेका छन । उनले भनिन – मृतक र घाईतेका परिवारले पैसा पाए , तर मलाई राज्यले एउटा सिटामोल सम्म दिएको छैन । ’ छोरी लाई मारे , श्रीमान लाई वेपता पारे अव म कस्को साहारामा वस्ने हो भन्दै भक्कानिए रुदै भनिन – सरकार न्याय निषाप दे ’ होईन भने मलाई पनि मार ?

त्यस्तै घोराही उप–महानगरपालिका .३ का माधव सुवेदीले पनि त्यस्तै गुनासो पोखे । भाई कहाँ छ , कस्तो छ , कुनै ठेगाणा छैन । भाईको ठेगाणा नभए पछि वुहारी पनि अर्काे विहे गरेर गईसकिन । १छोरी र १ छोरा छन । उनीहरु लाई पढाई लेखाई गराउने कुनै उपाय छैन । गाँउकै स्कुलमा जेनतेन पढाउदै छु । आफु पनि वुढो भई सके । तर राज्यले उनीहरु लाई कुनै चिजमा हेरफेर गर्न सकेको छैन । राज्यले न भाईको न्याय निषाप दिलाउन सकेको छ । न अन्य राहातको दिन सकेको छ । अन्याय भित्रको महाअन्याय राज्यले अझै हामी माथि पिर पारेको छ ।

नेपाल प्रहरीको सेवामा कार्यरत भाई जागिरमै जाने क्रममा वाटो वाट हराएको अझै फेला परेको छैन । २०५८ साल कार्तिक २६ गते घर वाट हिडेको भाई अझै जागिरमा पनि पुगेको छैन । घरमा पनि फर्किएको छैन । कहाँ गयो , कस्ले वेपता वनायो राज्यले अझै छानविन समेत गर्न सकेको छैन । उनले भने –सरकार तत्काल ज्यान सिकाउनु पर्छ , कि च्यान सिकाउनु पर्छ । होईन भने न्याय निषाप तोकिदिनु पर्छ । होईन भने राज्य हामा्र लागि नभए सरह हुने छ । उनले राज्यले न्याय दिन्छौ , पिडितहरु लाई वर्षाै विताई सक्यो । तर हामीले न्याय र आत्म सम्मान कहिले पाउने हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्