सैघाली खबर
दाङ १६ भदौ
अवरुद्ध दाङको टरिगाँउ विमानस्थल संञ्चालनका सरकार सकारात्मक रहेको जनाएको छ । दाङको टरिगाँउ विमान स्थलमा नियमिति हवाई उडानका लागि डेलिगेशनका काठमाण्डौ पुगेका तुलसीपुर उप–महानगरपालिका प्रमुख घनश्याम पाण्डे सहितको र नेपाल सरकार गृहमन्त्री जर्नाधन शर्मा ‘प्रभाकर ’ विच भएको छलफलमा वर्तमान सरकार बन्द हवाई यातायात सुचारुका लागि तयार रहेको जनाएको छ ।

वर्षाै देखी अवरुद्ध रहेको दाङको हवाई यातायात संञ्चालनका लागि पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकार सहित वर्तमान प्रधानमन्त्री शेर वहादुर देउवा पनि सरकारात्मक रहेको भेटका क्रममा गृहमन्त्री शर्माले टोलीहरु संग वताएका थिए ।

साथै उक्त अवसरमा गहृमन्त्री शर्मा संग टोलीले प्रदेश नम्वरको ५ को प्रादेशिक राजधानी दाङमा निर्माणका लागि समेत छलफल भएको थियो । टोली संगको छलफलका क्रममा गृहमन्त्री शर्माले प्रदेश न. ५ को राजधानी दाङ नै बन्न सक्ने अधिक सम्भवना रहेको वताए । अवको केही महिना भित्रैमा दाङ प्रदेश न. ५को राजधानी बन्ने विश्वास व्यक्त गरेका थिए । अझै हवाई यातायात नियमित संञ्चालन थप टेवा पुग्ने गृहमन्त्री शर्माले टोली लाई विश्वस्त पारेका थिए ।

डेलिगनेशनमा तुलसीपुर उपमहानगरपालीकाका मेयर घनश्याम पाण्डेको नेतृत्वमा कार्यपालीकाका सदस्यहरु श्याम डागी, घनश्याम ढकाल, कुमार लामीछाने ,नबराम लामीछाने, टोपबहादुर केसी,माइकल गुरताल लगाएतको पुगेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्