बार र बेञ्चको सम्बन्ध सुमधुर हुनुपर्छ ः गौतम



सैघाली खबर
दाङ १७ भदौ

उच्च अदालत तुलसीपुरका न्यायधिश श्रीमन कुमार गौतमले नागरिकलाई न्यायको अनुभुति दिलाउन बार र बेन्चबीचको सम्बन्ध समधुर हुनुपर्ने बताए । उच्च अदालत बार एसोसियसन तुलसीपुरको प्रथम साधारणसभा तथा अधिबेशनलाई सम्बोधन गर्दै उनले बार सक्षम भएमा मात्रै न्यायधिषले सक्षम र सबल न्याय दिन सक्ने बताए । न्यायको क्षेत्रमा बार र बेन्च एक रथका दुई पाङग्रा भएको भन्दै उनले न्याय सम्पादन कार्यमा समधुर सम्बन्ध राख्नु पर्ने बताए ।

बार तुलसीपुरका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अर्का न्यायधिश न्यायधिश अग्नी प्रशाद थपलियाले नयाँ ढंगबाट न्याय दिनुपर्ने चुनौती रहेको भन्दै बार र बेञ्चबीचको सहकार्यलाई समधुर बनाउनु पर्ने बताए । अबिधेशन सफलताको शुभकामना दिदै न्यायधिश सुदर्शन देब भट्टले नयाँ संबिधान कार्यान्वयनका लागि बारको भुमिका महत्वपुर्ण हुने उनको भनाई थियो । उनले अदालतको सक्षम परिचय दिलाउन बारको भुमिको कार्यशैक्षि उच्च हुनु पर्ने उनले बताए ।

उनले बिधिको शासन स्थापन, आम नागरीकमा सबल न्यायका लागि बारको कदम महत्वपुर्ण हुने बताएका थिए । कार्यक्रममा पुर्ब अध्यक्ष सालिकराम रेग्मी, अधिबक्ता डिल्लीराज धित्ताल, बामदेव शर्मा, प्रदिप धित्ताल, उच्च सरकारी वकिल कार्यालयका उपन्याधिबक्ता चक्रदेव आचार्यलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

साधारण सभामा सचिब श्रीराम चौधरीले १ लाख ९८ हजार बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सचिब श्रीराम चोधरीले गरेका थिए । साथै सम्मलेलनको बन्दशत्रले प्रदेश नं. ५ को राजधानी दाङमा राख्न दवाव दिने, बारको नयाँ कार्यसमति चयनका लागि ३ गते निर्बाचन गर्नेलगायतका निर्णय गरेको छ । साथै निर्बाचनका लागि अभिबक्ता त्रिर्थ राज न्यौपानलेलाई संयोजकको जिम्मेवारी तोकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्