ईनारमा खसेका एक व्यक्तिको पाँच दिनपछि जिवितै उद्धार



काठमान्डौ। सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत घुर्कौली स्थित सुकेको ईनारमा खसेका एक व्यक्तिको सोमबार जिवितै उद्दार गरिएको छ।

हरिवन नगरपालिका ५ निवासी ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेना रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले उनलाई सकुशल निकालेको हो।

गत वैशाख १२ गतेदेखि हराईरहेका जिम्बालाई सोमबार बिहान ३० फिट गहिरो पानी सुकेको ईनारमा स्थानिय बालकले देखेका थिए। देख्नेवितिकै स्थानियले प्रहरीलाई खबर गरेर ईनारमा फ्रुटी, पानी लगायत तल झारेको र जिम्बाले २ लिटर पानीसहित फ्रुटी तत्कालै खाएको स्थानिय समाजसेवी सुरेन्द्र लामाले बताए।

५ दिनदेखि ईनार भित्रै रहेकाले जिम्बाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको हरिवन ५ का वडा अध्यक्ष नागेन्द्र साहले बताए। वडाअध्यक्ष साहका अनुसार जिम्बाको नमुना अस्पतालमा उपचार भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्