समयभित्र विकास निर्माणका काम सम्पन्न गर्न आग्रह



सैघाली खबर,
काठमाण्डौ,१७ भदौ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार भौतिक पूर्वाधार विकासमा निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन्।

“आर्थिक समृद्धिको प्रमुख आधार भौतिक पूर्वाधार विकास हो, यसको विकासमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न चाहन्छ ” उनले भने।

नेपाल निर्माण व्यवसायी महासंघको १९ ‌औं साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लगानीमैत्री वातावरण सरकारले तयार गरिदिने जानकारी निर्माण व्यवसायीलाई गराए।

उनले सार्वजनिक खरिद ऐन तथा नियमावलीलाई समसामयिक सुधार गरिने बताउँदै समयभित्र विकास निर्माणका गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे। प्रम देउवाले भने “विकास खर्च सन्तोषजनक छैन, निर्माण सम्पन्न भएका कामको समेत गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको छ, यसतर्फ म सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु चाहन्छु ।”

निर्माण व्यवसायीका समेत व्यावसायिक दक्षता र क्षमता अभिवृद्धि गर्न जरुरी रहेको छ उनले बताए।

कार्यक्रममा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनका लागि आवश्यक कानून निर्वाचन आयोगलाई समयमै दिने जानकारी दिए।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्