महिना दिनमा २० जुवाडे पक्राउ



सैघाली खबर
दाङ १७ , भदौ
दाङ प्रहरीले भदौ महिनामा मात्र २० जुवाडेह?लाई पक्राउ गरेको छ । प्रहरीले जुवाडेहरु माथी विशेष निगरानी राख्न थालेपछि जुवाडेहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

विशेष गरि घोराही क्षेत्रमा प्रहरीले जुवाडेहरु लाई पक्राउ गरेको छ । भदौ ४ गतेदेखी हालसम्म प्रहरीले ४ पटक २० जनालाई पक्राउ गरेको छ । उनीह?को साथबाट प्रहरीले १ लाख ८७ हजार ८ सय ६७ रुपैया पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दुर्गा सिंहले सुरक्षा व्यावस्था सामाजिक विकृति न्युनिकरणका लागि खटिएको प्रहरी टोलीले महिना दिनको सक्रियतामा २० जना जुवाडे पक्राउ गर्न सफल वताएका छन ।

प्रहरीले शुक्रवार ६ जना जुवाडेहरु लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले शुक्रवार बेलुकी घोराही उपमहानगरपालिका १३ डुम्मरगाँउबाट उनीह?लाई पक्राउ गरेको हो । नगद ७९ हजार ४ सय ७० नगद सहित प्रहरीले उनीह?लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही १३ का ४८ वर्षीय खिमराज गिरी, ४५ वर्षीय श्याम गिरी, २२ वर्षीय केवल गिरी, २९ वर्षीय धनसिंह घर्ति, ३५ वर्षीय दिपक गिरी र घोराही १२ का ३२ वर्षीय टोपेन्द्र खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाह?माथी आवश्यक अनुसन्धान भईरहेको छ । यसअघि प्रहरीले भदौ १५ गते घोराही १५ भरतपुरबाट ३ जनालाई नगद ५ हजार ८ सय ९० ?पैया सहित पक्राउ गरेको थियो भने भदौ १० गते राति दाङ घोराही उप–महानगरपालिका वडा नं. १५ उत्साह टोलबाट ५ जनालाई नगद ४८ हजार ४ सय १५ सहित पक्राउ गरेको थियो ।

प्रहरीले भदौ ४ गते बेलुकी जिल्ला दाङ घोराही उप–महानगरपालिका वडा नं १४ नयाँबसपार्कमा रहेको होटेल साईनो एण्ड रेष्टुरेन्टबाट नगद ५४ हजार ८५ रुपैया सहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरु माथी जुवा ऐन अन्तरगत मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्