गाउँपालिका अध्यक्षद्वारा फेसबुक प्रयोगकर्ता हिमा लिम्बुलाई कार्वाहीको माग



इन्द्र नेपाली/सैघाली खबर

तेह्रथुम । फेदाप गाउँपालिकाका अध्यक्ष हरीप्रसाद चोङबाङले सामाजिक संजाल प्रयोगकर्ता हिमा लिम्बुलाई कारबाहीको माग गरेका छन् ।

हिमा लिम्बुले गाउँपालिका प्रमुख चोङबाङलाई फेसबुकमा गाली गलौज गरी चरित्र हत्या गरेको भन्दै कार्वाहीको माग गरिएको हो ।

गाउँपालिका अध्यक्ष चोङबाङले फेसबुकमा गाली गलौज गर्ने हिमा लिम्बुलाई कार्वाही हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई साईबर क्राईमको मुद्दा दर्ता गरेका छन् ।

ओयाक्जुङका दुुर्गा बहादुर मादेम्बाले मादेम्बा डिबी लिम्बूको आईडिबाट फेदाप गाउँपालिकाले नागरिकहरुको चाहाना र ईच्छा बिपरित आफ्नो संलग्नतामा उपभोक्ता समिति गठन गरेको भन्दै आफ्नो फेसबुकमा स्टाटस लेखेपछि सोही स्टाटसमा हिमा लिम्बुले गाउँपालिका अध्यक्ष हरी चोङबाङको नाम उल्लेख गरेर अपशब्द प्रयोग गरेका हुन् ।

जिल्लामा पहिलो पटक जिल्ला प्रशासन कार्यालयमा यस प्रकारको जाहेरी आएपछि आबश्यक कारबाहीको लागि प्रकृयामा आगाडि बढाईसकेको निमित्त प्रमुख जिल्ला अधिकारी भक्त खड्काले बताए ।

गाउँपालिकाले अध्यक्षलाई ईंगीत गरेर गाली गलौज गर्ने सबै फेसबुक कर्ताहरुलाई संयमित भएर समाजको विकासको लागि सुझाब दिन बिज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

यस अघि फेदाप गाउँपालिका वडा नम्बर २ ओयाक्जुङमा स्थानीय पुर्वाधार विकास साझेदारी विकास कार्यक्रम अन्तरगत ओयाक्जुङ याबरा खेल मैदान निर्माण शिर्षकमा बिनियोजित रकमबाट ओजना सञ्चालनका लागि पटक पटक प्रयास गरिए पनि समिति गठन हुन नसकेपछि गाउँपालिकाले उपप्रमुखको उपस्थीतिमा आमभेला गराई समिति गठन गर्ने निर्णय गरेको थियो ।

रेडियो र विभिन्न सार्वजनिक स्थलमा सूचना टास गरेर बैशाख १६ गते समिति गठन गरेको थियो ।

यता गाउँपालिकाका प्रबक्ता नबिन चोङबाङले भने खेलमैदानको समिति गठनमा गाउँपालिकाले वडा कार्यालयलाई अधिकार दिए पनि वडाबाट समिति गठन गर्न नसक्ने पत्र गाउँपालिकालाई पठाएसँगै विकास निर्माणमा आएको रकम फिर्ता नजाओस् भन्ने उद्देश्यले गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा समिति गठनका लागि गाउँपालिकाले नै निर्णय गरेकोले सोही बमोजिम भेलाले समिति गठन गरेको दाबी गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्