वेवारिसे अवस्थाकी महिला आश्रमको संरक्षणमा



–सैघाली खबर–

डोटी । डोटीको सिलगढीमा सडकपेटीमा वेवारिसे जीवन बिताइरहेकी महिलालाई मानवसेवा आश्रमले संरक्षण दिएको छ । उनलाई मानवसेवा आश्रम सुदुरपश्चिम प्रदेश शाखा कैलालीले संरक्षण दिएको हो ।

डोटी प्रहरीले बैशाख ११ गते गस्तीको क्रममा दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ४ कुलपातेमा बेवारीसे अवस्थामा फेला पारेको खबर पाएपछि आश्रमले संरक्षण गर्ने निर्ण गरेको बताएको छ ।

आफ्नो नाम छाया सिंह बताउने ती महिलालको हालसम्म परिवार र आफन्तबारे केही खुल्न नआएको डोटी प्रहरीले बताएको छ ।

प्रहरीले उद्धार गरी राख्ने ठाउँ नभएपछि अल्पकालिन सेफ हाउसमा पठाएको थियो । सेफ हाउसमा ३५ दिन बढी राख्न नमिल्ने भएपछि प्रहरीलाई उनको व्यवस्थान असहज बनेको थियो ।

४४ वर्षीया छाया सिंहलाई घरको बारेमा जानकारी माग्दा उ पर, तलतिर, माथि, अलि अगाडी जस्ता उत्तर दिने गरेको मानवसेवा आश्रमले बताएको छ ।

श्रीमानले साथ छाडेको र घर परिवार आफन्त नभएको बताउने छायालाई १ महिनादेखी डोटीमा वेवारीसे अवस्थामा देखेको स्थानीयले बताएका छन् ।

महिलाहरुलाई यसरी घरपरिवारबिहिन भई सडकमा रहनुपर्ने स्थिती अत्यन्तै कहालीलाग्दो हुने र उनीहरु अत्यन्तै जोखिममा रहने भएकोले छाया जस्ता महिलाहरुको तत्काल उद्धार हुनुपर्ने आश्रमकी सुदूरपश्चिम प्रदेश संयोजक सृजना ओलीले बताईन् ।

मनोरोगी भएर खुला आकाशमुनी रात बिताउन विवश महिलाहरुको संख्या नेपालभर हजारौको संख्यामा रहेको उनले बताईन् ।

सुदुरपश्चिमसहित ६ प्रदेशभित्र हाल मानवसेवा आश्रमको १४ शाखाका करिब ८ सय जना बेसहाराहरुले आश्रय लिइरहेका छन् ।

एक्लै बरबराउने, मनपरी बोल्न, रिसाउने, कुटपिट गर्न खोज्ने जस्ता स्वभावहरु रहेकी छायालाई डोटी प्रहरीले बैशाख २० गते मानवसेवा आश्रम कैलालीमा ल्याएकोे हो ।

छायाँसहित अब मानवसेवा आश्रम कैलाली शाखामा सेवा लिनेको संख्या १९ पुगेको छ ।

२०८२ सालभित्र घरबारविहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी मानवहरुरहित देश नेपाल निर्माण गर्ने अभिष्टानुसार सुदुरपश्चिम प्रदेश शाखा सञ्चालनमा ल्याइएको मानव सेवा आश्रमले बताएको छ ।

सुदुरपश्चिमसहित ६ प्रदेशभित्र हाल मानवसेवा आश्रमको १४ शाखाका करिब ८ सय जना बेसहाराहरुले आश्रय लिइरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्