मुस्लिम समुदायमा ब्यापक जनचेतनाको आवश्यकताः प्रम ओली



–सैघाली खबर–

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायमा ब्यापक जनचेतनाको आवश्यकता रहेको बताएका छन् ।

मुस्लिम आयोगले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले मुस्लिम समुदायमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा ब्यापक सामाजिक जागरणको अभियान सञ्चालन गर्नुपर्ने बताए । ‘मुस्लिम आयोगले यस समुदायमा शिक्षा, स्वास्थ्य र सामाजिक जागरणको क्षेत्रमा व्यापक अभियान चलाएर यस समुदायमा आत्मविश्वास बढाउनु जरुरी छ’ प्रधानमन्त्री ओलीले भने ।

उनले नेपालका अरु समुदाय जस्तै मुस्लिम समुदाय पनि हरेक क्षेत्रमा अघि बढ्न सक्ने बताए । ‘यस समुदायले समाजलाई नेतृत्व गर्न सक्ने गरी अघि बढ्नु पर्दछ’ प्रधानमन्त्री ओलीले भने ‘यस समुदायको जनसंख्या कति छ भन्ने महत्वपूर्ण कुरा होइन । तर यसको सामाजिक स्थिती के छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । यो समुदायलाई हामीले अघि बढाउनु पर्दछ ।’

मुस्लिम समुदायलाई अघि बढाउनका लागि आफू सधैं सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले स्वागत मन्तव्य राख्दै नेपालमा मुस्लिमहरुको अवस्थाका बारेमा प्रष्ट पारेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्