वीरगञ्जमा माअाेवादीकाे चुनावीसभा सकियाे, तीनसय जना पार्टी प्रवेश



सैघाली खबर,
वीरगञ्ज १८ भदौ।। वीरगञ्ज महानगरपालिका(१३, प्रसौनीमा ३०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान आयोजित पार्टी प्रवेश कार्यक्रममा ३०० जना नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशमा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता, जनताको मुक्ति र विकासका लागि माओवादी केन्द्रले जित्नुपर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता उर्मिला अर्यालले महिला, दलित, जनजातिलाई नागरिक सम्झने पार्टी माओवादी मात्रै भएको बताए ।

माओवादी केन्द्रले २ नम्वर प्रदेशमा माओवादीप्रतिको आकर्षण बढ्दै गएको निष्कर्षसहित स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियानलाई तीब्र पारेको छ ।

अध्यक्ष प्रचण्डले संविधान संशोधन विधेयक एमालेको चरम नश्लवादी सोच र राप्रपाको बिभाजनले असफल भएको भन्दै संघ र प्रदेशको निर्वाचनपछि फेरि संशोधन गर्न सकिने तर चुनावअघि सम्भव नभएको बताउँदै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्