(डिआइडि) सिजन २ को आज घोराहीमा भएको अडिसनबाट १० जना छनोट



सैघाली खबर,
दाङ,१८ भदौ।

बहुचर्चित राष्ट्र व्यापि नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ (डिआइडि) सिजन २ को आज घोराहीमा भएको अडिसनबाट १० जना प्रतिस्पर्धीहरु मेगा राउण्डका लागि छनौट भएका छन् ।

डान्स आइकन दाङ (डिआइडि) सिजन १ स्टार एरिका आचार्यको सभाअध्यक्षता एवं डान्स आइकन दाङ (डिआइडि) सिजन को बिजेता आसिका रजौरेको प्रमुख आतिथ्य एवं सल्लाहकार केशव नेपालीको विसिस्ट आतिथ्यमा सम्पन्न अडिसन बाट सिमाना सुनार, बिमल बुढाथोकि, लिजा के.सि.,न्युसन बि.क.,समिर थापा,श्रीजना बुढामगर, मल्लिका न्यौपाने,अमृता जि.सि.,सिमरन छन्त्याल र बिबेक रोका छनोट भएको डान्स आइकन दाङ (डिआइडि) सिजन २ का रणनैतिक संयोजक बिष्णुकुमार देवकोटाले जनकारी दिनुभयो ।

कार्यक्रममा डा.लोकराज पराजुलि,केशव नेपाली लगाएतले सुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण प्रेस सह संयोजक सुमन के.सि.ले गर्नुभएको थियो भने कार्यक्रममा बि–म्याक्स, रितेस गौतम र एनटि बसन्तले निर्णाएकको भुमिका निर्वाह गर्नुभएको थियो ।

यसैगरी भालुबाङगमा यहि २४ गते र सल्यानमा ३१ गते अडिसन तोकिएको डान्स आइकन दाङ (डिआइडि) सिजन २ का संयोजक दिपक वलिले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्