नेपाल कम्युनिस्ट पार्टी मसालको आठौँ महाधिवेशन



रामप्रकाश पुरी, प्रवक्ता, नेकपा मसाल 

नेकपा मसालको आठौँ महाधिवेशनको प्रक्रिया चलिरहेको छ । जब पार्टी आफ्नो आठौँ महाधिवेशनको प्रक्रियामा अगाडि बढ्न थाल्यो, त्यसपछि पार्टीका एकतालाई विभाजन गर्नका लागि बिभिन्न पक्षहरूको सक्रियता पनि बढेको थियो ।

खासगरी भूमिगत पार्टीको पद्यतिलाई ध्वस्त बनाउनको लागि त्यो प्रयास भएको थियो ।

पार्टी भित्रको अन्तरर्विरोधमा खेलेर फाइदा उठाउन खोजेका पक्षहरूले त्यसप्रकारको प्रयास गर्दै आएका छन् ।
हाम्रो पार्टीका यस अघिका महाधिवेशनहरूको इतिहासले पनि प्रष्ट गर्दछ कि पार्टीमा अन्तर्विरोधबारे छलफल हुने गर्छ र तिनीहरूबारे वहस हुन्छ र अन्ततः निर्णय हुन्छ ।

पार्टीको सम्पुर्ण इतिहासमा फरक मतका कारण कुनै पनि समस्या पैदा भएको छैन, तर विधि र अनुशासनको उलङ्घन गरेका कारणले नै कतिपय अवस्थामा पार्टीमा समस्या देखा पर्ने र त्यसलाई पार्टीले बिभिन्न तरिकाले सामना गरेर पुनः सही पद्यतिबाट नै सञ्चालन गर्ने गरेको इतिहास छ ।

पार्टीको सम्पूर्ण इतिहास र वास्तविकतालाई नष्ट गरेर कतिपय विरोधीहरूले यो समयमा पनि भ्रम फैलाउने काम गरेका छन् ।

पार्टीको आठौँ महाधिवेशन प्रक्रिया कसरी चलिरहेको छ र त्यो प्रक्रिया कहाँ पुगेको छ रु भन्ने कुरा सम्भवतः पार्टी बाहिरका असम्बन्धितहरूलाई जानकारी हुँदैन र छैन पनि । तर केही समय अगाडिबाट सुप्रिया, विरभुषण पटनायक जस्ता अदृश्य र छदमभेषी पात्रहरूले हाम्रो पार्टीका महामन्त्रीलाई ‘खुलापत्र’ ‘मोहनविक्रम सिंहको फुटपरस्त अभियान’ जस्ता शीर्षकमा भ्रम फैलाउनका लागि प्रयास गरेका छन् ।

उनीहरू को हुन् रु त्यो कुरा हामीलाई थाहा छैन, तर पनि उनीहरू हाम्रो पार्टीको एकतालाई विभाजन गर्नका लागि प्रतिवद्ध रहेका व्यक्तिहरू भएको कुरा स्पष्ट छ ।

हाम्रो पार्टीको आठौँ महाधिवेशनको सिलसिलामा फरक फरक मत अगाडि आउने र ती विषयहरूमा हरेक पार्टी सदस्यले स्वतन्त्र ढङ्गले आफ्नो विचार राख्ने सामान्य नियमभित्रको कुरा हो ।

पार्टी सदस्यका मतहरू सम्मानित हुन्छन् र सबै मतहरूमा विचार विमर्श गरिन्छ । पार्टी सदस्यहरूले विचार र मत प्रकट गर्ने पक्षलाई महत्वका साथ लिनुपर्दछ । तर त्यो भन्दा महत्वपूर्ण कुरा पार्टी सदस्यहरूले निर्णय भएको विषयलाई मान्दछन् ।

त्यही निर्णय भएका विषयहरूमा एकतावद्ध भएर कार्यमा एकरूपता प्रदर्शन गर्ने हाम्रो पार्टीको गौरवपूर्ण परम्परा छ । अहिले पनि त्यो परम्परालाई सबै पार्टी सदस्यहरूले उत्साहपूर्वक लागु गर्दै अगाडि बढाउँदै आएका छन् ।

त्यो परम्पराको कसीमा जीवन्त रहँदै आएको पार्टीको संस्कारमा अभ्यस्त भएका आम पार्टी सदस्यहरूलाई भ्रमित पर्ने गरी छदम्भेषीहरूले प्रसारण गरेका सामग्रीले मर्माहत तुल्याउनु स्वभाविकै हुन्छ । तर त्यो कार्य हाम्रो पार्टीको सुन्दर परम्परा र भविष्यमा हुने एकतावद्ध अभिव्यक्तिमाथि कुठाराघात गर्ने उद्देश्य लिएका पात्रहरूले गरेको हुँदा त्यसबाट विचलित हुनुपर्ने वा भ्रममा पर्नुपर्ने आवश्यकता नरहेको कुरा स्पष्ट छ ।

यद्यपि हाम्रा विरोधी वा अन्य छद्मभेषी तत्वहरूले जे जस्तो हर्कत गरेको भएता पनि हामीले आठौँ महाधिवेशनको सिलसिलामा पार्टीको शक्तिलाई कसरी निर्माण गर्ने प्रयत्न गरेका छौँ र त्यो कसरी अभिव्यक्त हुने छ भन्नेबारे केही प्रकाश हाल्नु आवश्यकता छ ।
पार्टीको आठौँ महाधिवेशनको प्रक्रिया सम्पूर्ण पार्टी सदस्यहरूको सामूहिक भावना र निर्णयको आधारमा अगाडि बढेको थियो ।

त्यो पार्टीका सम्पूर्ण पार्टी सदस्यहरूद्वारा अनुमोदित भएर बिभिन्न प्रक्रिया र चरणहरू पार गर्दै अगाडि बढिरहेको छ । हाम्रो पार्टीमा हुने जनवादबारे महामन्त्री का। मोहनविक्रम सिंहले बारम्बार प्रकाश हाल्नुभएको छ ।

हाम्रो पार्टीको मुख्य मान्यता लेनिनवादी संगठनात्मक प्रणालीमाथि आधारित संगठनको सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्व नै हो । त्यस अनुसार नै पार्टीका सबै क्रियाकलाप सम्पन्न हुँदै आएका छन् । आठौँ महाधिवेशनको प्रक्रिया पनि त्यही अनुसार नै अगाडि बढेको थियो ।

आँठौ महाधिवेशनका लागि दस्तावेजहरू निर्माण गरिए । ती दस्तावेजहरू एकै मतका हुनुपर्छ भन्ने कुनै सीमा निर्धारण गरिएको थिएन र हुँदैन पनि । त्यसैले सम्पूर्ण पार्टीलाई नेतृत्व दिने अङ्ग केन्द्रीय समिति भएकोले त्यसले आठौँ महाधिवेशनका लागि प्रस्तुत गरिने बिभिन्न दस्तावेजहरू, तिनको छलफलको प्रक्रिया, तिनको निर्णयको आधार आदिबारे विधि निर्माण गरेर महाधिवेशनको प्रक्रियालाई अगाडि बढाएको थियो ।

त्यस अनुसार केन्द्रीय समितिमा प्रस्तुत भएका सम्पूर्ण दस्तावेजहरूलाई व्यवस्थित गरेर सबै मतको सम्मान हुने गरी छलफलका लागि पार्टीका बिभिन्न तहहरू र सबै पार्टी सदस्यहरूको बीचमा पुर्याएको थियो ।

छलफललाई व्यवस्थित बनाउन र सबै पार्टी सदस्यहरूलाई महाधिवेशनमा सहभागि बनाउने उद्देश्यले बिभिन्न स्तरमा फोरमहरू सञ्चालन गरेको थियो ।

ती फोरमहरूमा सबै पार्टी सदस्यहरूले आ—आफ्ना विचार र मतहरू प्रकट गरेका थिए । उनीहरू सबैका मतहरूलाई पार्टीले आठौँ महाधिवेशनको अभिन्न सम्पत्तिको रूपमा लिएको कुरा स्पष्ट छ ।

कुनै पनि पार्टी सदस्यको विचार कुण्ठित हुन नपाओस् भन्ने उद्देश्यका साथ चलाइएका फोरमहरू अपर्याप्त हुन सक्दछन् भन्ने लागेर देश विदेशमा रहेका सबै पार्टी सदस्यहरूलाई आफ्नो मत लेखेर पठाउन आव्हान गरियो ।

त्यसरी आव्हान वा परिपत्र गरिएर आएका मतहरूलाई व्यवस्थापन गरेर महाधिवेशनको प्रकाशनको रूपमा फोरम—१, फोरम—२ प्रकाशित गरिए । यी सबै क्रियाकलाप पार्टी सदस्यहरूको जनवादको रक्षा गर्ने र उनीहरूलाई आठौँ महाधिवेशनमा सरिक गराउने प्रयासस्वरुप भएको कुरा कुनै लुकेको कुरा होइन ।
पार्टीले महाधिवेशनको सिलसिलामा पार्टी सदस्यहरूको जनवादको सरंक्षण गर्नुको साथै छलफलको प्रक्रियालाई निश्चित विधि वा लेनिनवादी संगठनात्मक प्रणालीलाई कायम राखेर सञ्चालन गर्नुपर्ने कुरामा पनि जोड दिएको थियो ।

विधिको उलङ्घन गरेर बुर्जुवा संगठनहरूको जस्तो स्वरुपमा पार्टीलाई रुपान्तरण गर्ने कुरामा कुनै पनि पार्टी सदस्य सहमत थिएनन् र रहेनन् पनि ।

त्यसैले एउटै विधिलाई पार्टीले स्वीकार गर्यो, जुन सर्वसम्मत थियो, त्यो लेनिनवादी संगठनात्मक प्रणाली नै थियो । यो प्रणालीभित्रबाट आफ्नो मत प्रकट गरेर आठौँ महाधिवेशनलाई समृद्धशाली बनाउने योगदान सम्पूर्ण पार्टी सदस्यहरूबाट हुँदै आएको छ ।

छलफल स्वस्थ ढङ्गले सम्पन्न गर्न र पार्टीको एकता पनि कायम राखिरहनका लागि पार्टी नेतृत्वले चनाखो हुनुपर्ने आवश्यकता थियो र छ । त्यो आवश्यकताको महशुस गरेर विधिको उलङ्घनका घटनाहरू कतै पनि नघटुन् भन्नका लागि केवल पार्टीको नेतृत्व मात्र होइन, सम्पूर्ण पार्टी सदस्यहरू पनि सजक रहनुपर्दछ ।

पार्टीको आठौँ महाधिवेशन सुव्यवस्थित र नियमसंगत होस् भन्ने उद्देश्यका साथ बिभिन्न जिल्लाहरूमा सम्मेलन, भेला वा वैठक गर्ने कार्य भएको छ वा छैन भन्ने विषयलाई पार्टीले ध्यानमा राख्दछ । त्यहाँ जनवादी ढङ्गले प्रक्रियाहरू सम्पन्न भए वा भएनन् भन्ने विषयमा पनि पार्टीले ध्यान पुर्याउँछ ।

त्यस सिलसिलामा कुनै विषयमा समस्या पैदा भएमा त्यसको आवश्यक निर्णयको लागि पनि पार्टीले समयमा नै ध्यान दिएको छ । कुनै कामकारवाहीमा समस्या उत्पन्न भएको र त्यसको तुरुन्त निकास दिनुपर्ने अवस्था भएमा महामन्त्रीले विधिसम्मत ढङ्गले काम गर्नका लागि निर्देशन दिने प्रचलन हाम्रो पार्टीमा छ ।

त्यसरी विधि र मूल्यहरू भन्दा माथि हाम्रो पाटीमा कोही पनि हुन्न भन्ने कुरा हाम्रो पार्टीको मुख्य नेतृत्वबाट नै व्यवहारमा सिद्ध हुँदै आएको छ । यदि छदम्भेषीहरूले उल्लेख गरे जस्तो हाम्रो पार्टी र नेतृत्व हुन्थ्यो भने हाम्रो यो गौरवपूर्ण परम्परामाथि उनीहरूलाई प्रहार गर्न आवश्यकता हुँदैन्थ्यो ।

हामीलाई थाहा छ, हाम्रो पार्टीका महामन्त्री का। मोहनविक्रम सिंहमाथि बिभिन्न कोणबाट विरोधीहरूले इतिहासको कालखण्डबाट नै आक्रमण गर्दै आएका छन् । तर आज स्पष्ट छ, ती सबै आक्रमणहरू धराशायी भइसकेका छन् । त्यसैले छदम्भेषीहरूले जतिसुकै परिश्रम गरेर हाम्रो पार्टी र नेतृत्वमाथि आक्रमण गरे पनि त्यो एउटा वकवासपूर्ण हल्ला मात्र हो ।पार्टीभित्र बहुमत र अल्पमत सदैव कायम रहन्छ ।

त्यो महत्वपूर्ण होइन, महत्वपूर्ण कुरा हो- फरक मतका वावजूद पनि पार्टी जहिले पनि एकतावद्ध भएर प्रस्तुत हुन्छ र घोषित नीतिहरूलाई बिना हिच्किचाहट लागू गर्दछ ।

यही कम्युनिस्ट पार्टी हो, त्यसैले उत्साहपूर्वक सबै सदस्यहरू एकतावद्ध भएर निर्णयको कार्यान्वयन गर्दछन् । क्रान्तिकारी सिद्धान्तको चिन्ता भएका छद्मभेषीहरूलाई सम्भवतः यो कुरा थाहा छैन ।

क्रान्तिकारी सिद्धान्तको रक्षा, विकास, समृद्ध पारेर लैजाने काम ने।क।पा।९मसाल०का पार्टी सदस्यहरू जो फरक फरक मत राख्दछन्, यद्यपि विधिको पालना पनि गर्दछन्, उनीहरूले नै गर्दछन्, छदम्भेषीहरूले होइन, कहिल्यै पनि होइन ।
नेकपा मसालको आठौँ महाधिवेशनको प्रक्रिया चलिरहँदा छदम्भेषी तत्वहरूले अल्पमत वा बहुमतका पक्षबाट सार्वजनिक रूपले गर्ने पैरवीहरूको कुनै पनि महत्व छैन ।

त्यो विग्रहकारी तत्वको क्रियाकलाप बाहेक अरू केही पनि होइन । त्यस्ता विग्रहकारी तत्वहरूलाई कम्युनिस्ट पार्टीका सदस्यहरूले कुनै पनि मूल्य दिंदैनन् ।

उनीहरूको न इतिहासमा मूल्य थियो, न वर्तमानमा छ, न भविष्यमा नै हुनेछ । तिनीहरू मखुण्डो लगाएर खटिएका पार्टी विरोधी तत्व हुन्, जो छदमभेषमा सार्वजनिक ठाउँमा घुमफिर गरिरहेका छन् ।

जसलाई कम्युनिस्ट पार्टीका सदस्यहरूले घृणा बाहेक केही दिन सक्दैनन् ।हामी आवश्यकता अनुसार भविष्यमा पनि अरू स्पष्ट गर्दै जाने छौँ ।
एउटा कम्युनिस्ट पार्टीका आफ्ना मान्यता हुन्छन्, ती मान्यताहरूभित्र बसेर हरेक पार्टी सदस्यले आफ्नो दायित्व निर्वाह गर्दछ ।

त्यो पार्टी सदस्य चाहे बहुमतको विचारलाई समर्थन गर्ने होस् वा अल्पमतको विचारलाई समर्थन गर्ने होस् वा आफ्नो विचारको दर्ज गरेको होस्, त्यसले पार्टीको एउटा साझा मान्यतालाई अङिगकार गरेर पार्टीको हितमा आफूलाई समर्पित गरको हुन्छ ।

त्यसैले ऊ पार्टी सदस्य हो, उसले पार्टीका गोपनीयताहरूको रक्षा गर्दछ, पार्टीका घोषित नीतिहरूमा प्रतिवद्ध रहन्छ र पार्टीको एकतालाई कायम राख्नका लागि विधिको कडाइपूर्वक पालना गर्दछ ।

नेकपामसालका सम्पूर्ण पार्टी सदस्यहरूले यही संस्कार बोक्दछन् । त्यसैले विरभूषण पटनायक जस्ता छदम्भेषीहरू, जो हाम्रो पार्टीलाई बिभिन्न कोणबाट प्रहार गरेर वा भ्रमहरू सृजना गरेर जीवित रहन प्रयत्न गर्दछन्, तिनीहरूलाई पार्टी सदस्यहरूले कहिल्यै पनि र कुनै पनि हालतमा विश्वास गर्दैनन् । छदम्भेषीहरूको त्यो प्रयास कहिल्यै पनि सफल हुने छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्