भुमिहिन÷सुकुम्वासीहरुको पिडा ‘जमिनै छैन ,हामी कहाँ जाउँ’



गिरिराज नेपाली
दाङ १९ , भदौ
‘पोहोर साल पनि उठिवाँस लगायौ , यो वर्ष पनि त्यही भयौ ।’ घर वनाउ जमिन , उठी जाँउ कहाँ जाउ । बल–बल खोलाको ढिकमा भए पनि बाँसे छाप्रो बनाएको थियो । त्यो पनि लगिगो , अव कहाँ जाने हो । गएर कतै बसौ भने आफ्नो जग्गा छैन । अव कहाँ जाँऔ ? 

राज्यले सुकुम्वासी भुमिहिनहरु लाई गाँस र वाँसको व्यावस्था गर्छ भन्थ्ये त्यो कहिले गर्छ । भन्दै राप्ती गाँउपालिका वडा नम्वर ६ की कमलापति चौधरीले भुमिहिन हुनुको पिडा पोख्दै भनिन – पसिना चुहाउने खेत हाम्रो होईन । हामी जन्मेको भुई हाम्रो छैन । यो कस्तो पिडा जव आफु जन्मेको भुई समेत हाम्रो हुदैन भने अरु के नै होला हाम्रा ? राज्यले ‘ सुरक्षित वाँस , सवैको अधिकार भन्ने गर्छ । तर हामी भुमिहिन सुकुम्वासीहरु खै त्यो ? हुनेहरु लाई छदैछ । तर नभएका लागि पनि राज्यले त्यो दिन नसक्दा अझै हामी खोला वगर , वन छेउमा खुल्ला आकाशमा दिनरात विताउन वाध्य छौ ।

राज्यले सुकुम्वासीहरु लाई दोस्रो दर्जाको नागरिकहरुमा हेर्दा हामीले आफुले जन्मेको भुई लाई आफ्नो भन्न पाएको छैनौ । आफुले जोत्ने जमिन लाई मेरो भन्न पाएको छैनौ । राज्यले सुकुम्वासीहरु लाई विभेद पुर्ण व्यावहार गर्दा सुुकुम्वासीहरु राज्य वाटै उपेक्षित र अन्यायमा परेको उनले वताईन । उनले भनिन – ‘हामी जन्मेको भुई हाम्रो भन्न देउ ’
हामीले जन्मेको भुमि हाम्रो , हामी यो देशको स्वामित्व दिलाउ । सुकुम्वासीहरु न्यायको पर्खाईमा वसेको वर्षाै भईसक्यो । तर राज्यले हामी न्यायको आश देखाउ छ । मात्रै दिलाउदैन । यो हामी सुकुम्वासीहरु माथिको ठुलो अन्याय हो ।

त्यस्तै घोराही उप–महानगपालिका वडा नम्वर १४ का वासुदेव विकले हामी लाई खोला छेउमा भए पनि , वनमा भए पनि आफ्नै घर वनाई बस्न मन छ । तर राज्यले त्यो रहर लाई कहिले पुरा गर्ला ? त्यो दिन देख्न आशा अझै छ । दिनभरी वजारमा काम ग¥यौ । साँझ विहानको छाँक टार्न मात्रै पुग्छ । वेलावेलामा अरुले त अव यहाँ वाट हट भन्छन झोलोकुम्लो वोकर कहाँ जाने त्यो जाने ठाँउ कहाँ हो । कि आफ्नो जग्गा भए त्यहाँ गएर वसौ भन्ने हुन्थ्यो । विकले भने ‘ राज्यले सुरक्षित वाँस मात्रै दिए हुन्छ । गाँस हामी काम गरी गराउछौ । ’ राज्यले सुकुम्वासी÷ भुमिहिनहरु लाई सुरक्षित वसोवासको कार्यक्रम लिए पनि हुनेवाल र पहुच हुनेहरुको मात्रै घर वन्छ । जग्गा नहुनेहरु लाई जग्गा दिने सरकारले भने पनि जग्गा हुनेहरु लाई जग्गा दिन्छ । हामी कहाँ जाने र कस्ले दिने हो ।

उनले आषाढ महिनाको चर्काे चुनावी प्रचारको नारा सम्झर्दै भने – जनप्रतिनिधिहरुले भोट माग्दा सुकुम्वासीहरुको उचित व्यावस्थाको ग्यारेन्टी गर्ने छौ । भने थे उनीहरु पनि आज विर्सिए होलान । खै हामी लाई यता फुस्सा , उता पनि फुँस्सा । राज्यको निरही व्यावहार हामी लाई सुकुम्वासीहरु लाई अझै हामी लाई रुवाएको छ । राज्यले हामी लाई पनि नागरिकको व्यावहार , अधिकार र न्याय दिन सकेमा हामीले पनि राज्य स्वाभिमान नागरिकको अनुभुती गर्न सक्थ्यौ होला भनि गुनासो गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्