एनआरएन अमेरिकाको अध्यक्षका प्रत्यासी सुनिल साहलाई नैतिक संकट



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका अध्यक्ष पदका एक प्रत्यासी सुनिल साहको वेवसाइट प्रकरणमा प्रत्यक्ष संलग्नता रहेको तथ्य सार्वजनिक भएको छ । यो तथ्य सार्वजनिक भएसँगै साहलाई अध्यक्ष पदको उम्मेदवारीमा नैतिक संकट परेको छ ।

उनले आफ्नै व्यापारिक साझेदार शंकेश्वर सुवेदीकी श्रीमती रोशी अमात्यको नाममा खोलिएको एक कम्पनीलाई एनआरएन अमेरिकाको वेवासाइट निर्माणको ठेक्का दिएको रहस्य भेटिएको हो ।

आईटी व्यवसायमा रहेका साह एआईजीईएएल, एलएलसी नामक कम्पनीका हिस्सेदार हुन् । यस कम्पनीमा साह निर्देशक रहेका छन् भने सुवेदी निर्देशक र प्रेसिडेन्ट छन् ।

यो कम्पनी सन् २०१७ को डिसेम्बर २१ मा स्थापना भएको देखिन्छ । कम्पनीको रजिष्टर्ड कार्यालय सुवेदीकै घरको ठेगानामा दिइएको छ ।
एनआरएन अमेरिकाको वेवसाइट निर्माणको ठेक्का पाएको स्पार्कइन्टेल इङ्कको निर्देशक र प्रेसिडेन्ट रोशी अमात्य रहेकी छन् ।

स्पार्कइन्टेल इङ्क सन् २०१६ को फेब्रुअरी १५ मा स्थापना गरिएको कम्पनी हो ।

वर्तमान कार्यसमितिका उपाध्यक्ष रहेका साहको संयोजकत्वमा गठन गरिएको कमिटीले वेवसाइट निर्माणको ठेक्का दिएको थियो ।

अहिले पनि वेवसाइटको प्राविधिक हर्ताकर्ता साह नै हुन् र उनका लागि स्पार्कइन्टेल इङ्कका नाममा उनका व्यवसायीक साझेदार सुवेदीले नै प्राविधिक संयोजन गर्छन् ।

यसबाट के देखिन्छ भने साहले आफ्नै कम्पनीको सिस्टर कम्पनीलाई एनआरएन वेवसाइट निर्माण गर्ने र त्यसबाट आफ्नो स्वार्थ अनुकुल सर्भर डाउन गरि सूचनाहरु कब्जा गर्ने काम गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्