क्रिकेट कपलाई एक लाख बढीको सहयोग



सैघाली खबर,
दाङ,२० भदौ।
यहि असोज २१ गते देखि शुरु हुन लागेको पाच नं प्रदेशको सबै भन्दा ठुलो धनराशीको क्रिकेट प्रतियोगिताका लागी प्रथम पुरस्कार सहयोग प्राप्त भएको छ।

दाङ क्रिकेट सघंले आयोजना गर्न लागेको प्रतियोगिताको प्रथम पुरुस्कार घोराही उपमहानगरपालीका निवासी रमेश केसी ले गर्नु भएको हो।

दगाली टी(२० कप क्लबस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागी प्रथम पुरस्कार केसीले प्रर्दान गर्नु भएको हो।केसीले क्रिकेट सघंलाइ एक लाख दश हजार सहयोग गर्नु भएको हो।

क्रस बडर लिमीटेड तुलसीपुर दाङका सञ्चालक समेत रहनु भएका केसीले पुरस्कार बापतको एक लाख दश हजारको चेक क्रिकेट सघंलाइ प्रर्दान गर्नु भएको हो। यस अघि पनि केसीले बिद्यालय स्तरीय प्रतियोगितामा समेत केसीले प्रथम पुरुस्कार परीयोजन गरीसक्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्