विमान दुर्घटनामा चार जनाकाे मृत्यु



एजेन्सी । अमेरिकाको अलास्कामा सोमबार भएकाे विमान दुर्घटनामा चार जनाकाे मृत्यु भएको छ । साेमकार एघार र पाँच जना यात्रु बोकेका दुई विमान आकासमा ठोक्किएर दुर्घटना भएको हो । ताकुवान एअरको विमान एघार जना यात्रु बोकेर उपचारका लागि अस्पताल लगिएको छ । विमानका पाइलटबारे कम्पनीले जानकारी दिएको छैन ।

पाँच जना सवार विमानका पाइलटसहित तीन जनाको मृत्यु भएको छ । उनीहरू तीनै जना अमेरिकी नागरिक थिए । अर्का एक जना मृतक कुन विमानमा थिए भन्ने यकिन भएको छैन। त्यस्तै दुई जना अझै वेपत्ता छन्।

दुवै विमानमा रोयल प्रिन्सेस क्रुज सिपका पर्यटक थिए । उनीहरू सात दिने भ्रमणमा हिँडेका थिए। कम्पनीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटना स्थानीय समयानुसार १ बजे भएको जनाएको छ ।

दुर्घटनामा परेका विमान क्यानडाको भ्यानकोभर सहरबाट अलास्काको एंकोरेजको रूटमा आउँदै थिए । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ भने बाँकीको सामान्य छ। मृतकमध्ये एक जना क्यानाडाका नागरिक रहेको पनि पुष्टि भएको छ । दुर्घटनाको कारणबारे छानबिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्