बादर बन्धक बनाई ६ वर्षसम्म वेश्यावृत्तिमा



एजेन्सी। मानिस पैसाको लागि कतिसम्म निच काम गर्छन भन्ने यो एक घटनाले प्रष्ट हुन्छ । एक व्यक्तिले एउटा पोनी नाम राखिएको यस जनावरलाई स्थानीय एक व्यक्तिले अपहरण गरेर ६ बर्षसम्म वेश्यावृत्तिमा लगाएका थिए । बादरलाई बर्षौसम्म बन्धक बनाई वेश्यवृत्तिमा लगाएका थिए । पुच्चर नभएको बादरको प्रजाति भित्र पर्ने ओराङ्उटन मलेसिया र इन्डोनेसियामा पाउने गरिन्छ।

यस्तै वेश्यावृत्तिमा लगाइएको ओराङ्उटन अझै पनि सामान्य अवस्थामा फर्किने नसकेको भन्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार लेखेका छन्।

सन् २००३ मा अपहरण मुक्त गराइएकी एक ओराङ्उटनको दैनिकी अझै पनि अन्य ओराङ्उटनको जस्तो हुन सकेको छैन।

पोनीको शरीरमा भएका सम्पूर्ण कपाल खौरिएर वर्षौंसम्म विभिन्न पुरुषहरुसँग शारीरिक सम्बन्ध राख्न बाध्य बनाइएको थियो। उद्धारकर्मीहरुले भेट्दा पोनीको शरीरमा कुनै पनि कपाल थिएन तर यातनाका दागहरु भने टन्नै थिए।

वेश्या जस्तै व्यवहार गरिएको पोनीलाई बर्षौसम्म बाँधेर जबर्जस्ति विभिन्न पुरुषहरुले बलात्कार गर्ने गरेका थिए। बन्धक बनाउने व्यक्तिले पोनीलाई घरमा चेनले बाँधेर राख्ने गर्थे।

उद्धार गर्दा पोनीको उमेर ६ वर्ष भएको अनुमान गरिएको भएता पनि कहिले देखि उनलाई अपहरण गरेर यस्तो काममा लगाइयो भन्ने बारे कसैलाई पनि थाहा छैन।

पोनीलाई वेश्यावृत्तिमा लगाएर राम्रै कमाइ हुने हुँदा अपहरण गर्ने व्यक्तिले पोनी छोड्न नमान्दा उद्धारकर्मीहरुले सुरक्षा निकायको सहयोग लिँदै उद्धार गरिएको उद्धारकर्मीहरु सम्झिन्छन्।

यौनबन्धक बनाइएको पोनीलाई पहिला जंगलमा आफै खाना खोज्न गार्हो हुने गरेको भएता पनि अहिले भने बिस्तारै जंगलमा आफ्नो खाना खोज्न सक्ने भएको भन्दै मिररले समाचार लेखेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्