युएईमा सक्रिय नेपाली पत्रकारहरुले बाढीपीडितलाई गरे आर्थिक सहयोग



सैघाली खबर,
भदौ २० ।– युएईमा सक्रिय नेपाली पत्रकारहरुले बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन् । बाढीबाट पीडित बनेकाहरुको सहयोगार्थ ७७ हजार ७ सय रुपैयाँ राहत रकम पत्रकार महासंघको केन्द्रीय कार्यालय मार्फत उनीहरुले नेपाल पठाएका हुन् ।

महासंघको केन्द्रले राहत र उद्धारमा लाग्न आव्हान गर्दै विदेशस्थित शाखाहरुलाई राहत संकलनका लागि परिपत्र गरेको थियो । त्यसै अनुसार युएई शाखाले पत्रकार दामोदर दाहालको संयोजकत्वमा उत्तम विक, गितामणी पाण्डे, खिमलाल पाण्डे र रामकुमार परियार सदस्य रहने गरी राहत संकलन समिति गठन गरेर आर्थिक संकलन गरेको थियो ।

संकलन गरिएको राहत सोमबार नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयका कर्मचारी भुवन कार्की मार्फत महासंघको कोषमा जम्मा गरिएको शाखा अध्यक्ष भूपराज बस्यालले जानकारी दिनुभयो ।

सहयोग रकम महासंघका जिल्ला शाखाहरुबाट अतिप्रभावित क्षेत्रका पीडितहरुलाई प्रदान गरिने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्