नेकपा माओवादी केन्द्रले महोत्तरीमा उम्मेदवार टुंगो लगायो



सैघाली खबर,
महोत्तरी,२० भदौ ।– नेकपा माओवादी केन्द्रले महोत्तरीमा उम्मेदवारको टुंगो लगाएको छ । आउँदो असोज २ गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेकपा माओवादी केन्द्र महोत्तरीले अधिकांश उम्मेदवारको टुंगो लगाएको छ ।

माओवादी केन्द्र स्रोतका अनुसार बर्दिबास नगरपालिकको मेयरमा विदुर कार्की, उपमेयरमा कृष्णमाया गौतम, गौशाला नगरपालिकको मेयरमा शिवनाथ महत्तो, उपमेयरमा आशा लामा, लोहारपट्टी नगरपालिकको मेयरमा अमरनाथ यादव, उपमेयरमा शोभाकुमारी यादव, रामगोपालपूर नगरपालिकाको मेयरमा अशोक मण्डल, उपमेयरमा सीता देवी साह, मनरा नगरपालिकाको मेयरमा राजेन्द्र साह, उपमेयरमा सुन्दरकला देवी यादव, जलेश्वर नगरपालिकको मेयरमा कौशलेन्द्र शर्मा, उपमेयरमा किरण ठाकुर हिना, मटिहानी नगरपालिकको मेयरमा राजकिशोर मण्डल, उपमेयरमा सविला खातुनको नाम सिफारीस गरेको छ ।

त्यसैगरी पिप्रा गाउँपालिकको अध्यक्षमा राम जानकी यादव, उपाध्यक्षमा गी

तादेवी दास, महोत्तरी गाउँपालिकाको अध्यक्षमा गान्दी यादव, उपाध्यक्ष्यमा बबिता देवी दास, सोनमा गाउँपालिकको अध्यक्षमा मन्सकी मन्सुर, एकडाँरा गाउँपालिकको अध्यक्षमा महेश यादव, उपाध्यक्षमा देवी तिवारी, सम्सी गाँउपालिकाको अध्यक्षमा फारुक सेकुम, र उपाध्यक्षमा नगीना देवी यादव रहेका छन् । केन्द्रले औरही, बलवा र भँगाहा नगरपालिकाको मेयर, उपमेयरको नाम टुंगो लगाउन बाँकी रहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्