नासाले भेट्यो ध्यानमग्न योगी पिण्ड



काठमाडौं । अमेरिकी अन्तरिक्ष नियोग नासाले एउटा तस्वीर सार्वजनिक गरेको छ । खगोलीय पिण्डको तस्वीर हेर्दा यो ध्यानमा बसेको कुनै मनुष्यको आकृति झैं देखिन्छ ।

यो पिण्ड प्लुटोबाट अर्बौं माइल टाढा छ र यसलाई अल्टिमा थुले नाम दिइएको छ । तस्वीर नासाको यान न्यु होराइजन्सबाट लिइएको हो ।

अल्टिमा थुले पृथ्वीबाट ६।६ अर्ब किलोमिटर टाढा छ । यसलाई दुइृ भागमा बाँडिएको छ । ठूलो भाग समतल पनि छ र यसलाई अल्टिमा नाम दिइएको छ । यससँग जोडिएको गोलो आकारको भागलाई थुले भनिएको छ । यिनीहरू जोडिने ठाउँलाई नेक वा घाँटी भनिएको छ ।

शुक्रवार साइन्स जर्नलमा प्रकाशित लेखमा यसलाई २०१४ एमयू ६९ नाम दिइएको छ । ग्रहहरू निर्माण हुँदा यो पनि अस्तित्वमा आएको हुन सक्ने मानिएको छ ।

नासाको न्यु होराइजन यान पृथ्वीबाट निकै पर छ र यो अहिले कूईपर बेल्टमा तीव्र गतिका साथ प्रवेश गरिरहेको छ । यसको गति ५३ हजार किलोमिटर प्रतिघन्टा छ । न्यु होराइजनले नै थुले अल्टिमाको तस्वीर खिच्न सकेको थियो ।

पिण्डमा ज्वालामुखी पनि हुन सक्ने अनुमान गरिएको छ । यसको सतहमा वैज्ञानिकहरूले मेथोनल र वाटर आइसको अंश भेटिएको छ । तर त्यहाँको आइस पृथ्वीको भन्दा केही फरक छ ।

नासाले जारी गरेको यो तस्वीर जनवरी महिनाको आरम्भमा खिचिएको थियो । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्