तुलसीपुरमा तेह्र लाख ,राजपुरमा तीन लाख राहत वितरण



सैघाली खबर
दाङ २१ , भदौ
जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्लाका सात स्थानीय तहमा सरकारको तर्फबाट राहत वितरण गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार जिल्लाका घोराही उपमहानगरपालिका र बंगलाचुली, गढवा र राप्ती गाउँपालिका बाहेकका स्थानीय तहमा राहत वितरण गरिएको हो ।  

जिल्ला प्रशासन मार्फत् सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा १३ लाख ४५ हजार दुई सय नगद राहत वितरण गरिएको छ । उपमहानगरपालिकाभित्र रहेका वडा नम्बर ११ र १३ का ६९ घर परिवारका लागि उक्त रकम वितरण गरिएको हो ।

यस्तै बबई गाउँपालिकाका ४८ घर परिवारका लागि नौँ लाख ६३ हजार रुपैया राहत वितरण गरिएको छ । त्यसैगरी दंगीशरणका ३८ घरपरिवारका लागि सात लाख ४७ हजार पाँच सय ?पैया राहत वितरण गरिएको जिल्ला आपतकालीन् कार्य सञ्चालन केन्द्रका सुचना अधिकारी खिलानाथ दाहलले जानकारी दिए ।

यस्तै शान्तिनगर गाउँपालिकाका २९ परिवारका लागि पाँच लाख ८६ हजार एक सय ?पैया वितरण गरिएको छ । स्थानीय तह र प्रहरी प्रशासनको सिफारिस अनुसार जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णय अनुसार लमही नगरपालिकाका २३ परिवारका लागि चार लाख ४२ हजार एक सय र राजपुरका १६ परिवारका लागि तीन लाख १३ हजार तीन सय रकम वितरण गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्