सैघाली खबर,
घोराही, २३ भदौ
घोराही उपमहानगरपालिका वडा नम्बर २ मा रहेको रामपुर बजारक्षेत्रमा सरसफाई गरिएको छ । वडा नम्बर २ को आयोजनामा रामपुर बजार क्षेत्रमा सरसफाई गरिएको हो ।
मासिक रुपमा सरसफाई गर्ने कार्यक्रम अन्तरगत वडा नम्बर २ को रामपुर बजार क्षेत्रमा शुक्रबार सरसफाई गरिएको वडा सदस्य टार्जन खड्काले जानकारी दिनुभएको छ ।
वडाध्यक्ष केशवराज आचार्यको अगुवाईमा बजार क्षेत्रमा रहेका फोहोरहरुको व्यवस्थापन गरिएको हो ।
सरसफाई कार्यक्रममा स्वास्थ्य चौकी, स्वास्थ्य, कृषि, पशु सेवा, हुलाक र प्रहरी चौकी रामपुरका प्रमुख एवं अन्य कर्मचारी, वडाका जनप्रतिनिधी एवं बजारबासीहरुको सहभागितामा सरसफाई गरिएको हो । वडा कार्यालयले मासिक रुपमा वडाका अन्य क्षेत्रमा पनि सरसफाई गर्ने योजना बनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।