बाढीप्रभाबित क्षेत्रको अनुगमन



सैघाली खबर
दाङ २३ , भदौ

तुलसीपुरको बाढी प्रभाबित क्षेत्रमा शुक्रबार अनुगमण गरिएको छ । महिला बिकास कार्यालयको नेतृत्वमा गएको एक टोलीले बाढीपीडितको अबस्था बुझेको छ । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुर र रनियापुरका करिब दुई सय बाढीपीडितहरुको घरमा पुगेर बाढीपीडितको अबस्थाको अनुगमण गरिएको हो । 

महिला बिकास कार्यालय दाङका महिला बिकास अधिकृत मोती बिश्वकर्म, यनिसेफका राम प्रशाद गौतम, सीसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकी, ओरेक नेपाल दाङकी संयोजक तुलसा गिरीलगायत सञ्चारकर्मीहरुको टोलीले अनुगमण गरेको हो ।

 

अनुगमणका क्रममा बाढीप्रभाबित क्षेत्रको अबस्था सामान्य रहेको पाईएको छ । साथै उनीहरुलाई सहजै राहात उपलब्ध भएको समेत पाईएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्