भगवती माविमा स्वागत सम्मान तथा अभिभावक भेला सम्पन्न



सैघाली खबर
दाङ, २३ भदौ
दाङको घोराही उपमहानगरपालिका १९ होडबाङमा रहेको भगवती माविले वर्डा नं. १९ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान तथा अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शसिराम गिरीको अध्यक्षता तथा १९ नं. वडाका अध्यक्ष हर्कबहादुर घर्तीको प्रमुख आतिथ्यता एवं प्रधानाध्यापक देवी बहादुर घर्ती मगरको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८ औँ शिक्षा दिवसको अवसरमा विद्यालयले गरेको स्वागत सम्मान तथा अभिभावक भेलामा वर्डा नं. १९ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान तथा अभिनन्दन गरिएको थियो । ‘संघिय नेपाल समृद्धिको आधार, स्तरिय शिक्षा सबैको अधिकार ’ भन्ने मुल नाराका साथ विद्यालयले शिक्षा दिवस मनाएको हो ।

शिक्षक घनश्याम थारुको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षाको गुणस्तरमा जोड दिदै विद्यालयमा निष्पक्ष र इमानदारिताका साथ अध्यापन गराउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. १९ का वडा अध्यक्ष हर्कबहादुर घर्तीले विद्यालयमा कक्षा ११ र १२ संचालन गर्नको लागि वर्डाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा माविको दरबन्दी थप गरि अभिभावक तथा विद्यार्थीलाई परेको अप्ठेरोलाई दिर्घकालिन रुपमै हटाउने आश्वासन दिनुभयो । साथै कम्प्युटर थप गरि कम्प्युटर कक्षालाई अझ व्यवस्थीत गरिने प्रतिवद्धता जनाउनुभयो ।

दिवसको अवसरमा विद्यालयले गरेको अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगीमा पाँचपोखरी सदर प्रथम, दुइखोली सदन द्धितिय र राम्चे सदन तृतिय भएका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य टेकमान पुन, पार्वती विक, शिवराज घर्ती , शिक्षक अभिभावक संघका अध्यक्ष टिकाराम खडका, निर्वाचित वडा सदस्य जानका पुन, जंगबहादुर रोका लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक प्रेमबहादुर घर्ती मगरले गर्नुभएकोे शिक्षक अर्जुन पन्थीले जानकारी दिनुभएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्