श्रमको मुल्य पाउनु पर्छ ःपोख्रेल



सैघाली खबर
दाङ २४ भदौ
नेपाल पत्रकार महासंघका केन्द्रिउ उपाध्यक्ष विपुल पोख्रेलले श्रमजिवी पत्रकारहरुको श्रमको मुलय पाउनु पर्ने वताउनु भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले शनिवार आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा वोल्दै प्रमुख अतिथि पोख्रेलले कमलजिवी पत्रकारहरुले न्युन पारिश्रमिकमा श्रम गरिरहेकाले नेपाल सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक श्रमजिवि पत्रकारहरुले पाउनु पर्ने वताउनु भयो । 

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता एंव नेपाल पत्रकार महासंघका केन्द्रिय उपाधक्ष विपुल पोख्रेलको प्रमुृख आतिथ्यता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएमको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोख्रेलल श्रमको मुल्य पाउन नसक्दा श्रमजिवि पत्रकारहरुको श्रमको शोषण भएको आलोचना गर्नुभएको थियो । समुदायको अधिकार र राज्य लाई खवरखदारी गर्दै सामाजिक न्यायका लासिग कमल चलाउने पत्रकारहरु आफु आफैमा शोषित र दमनमा परेको उनले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो –‘ श्रमजिवी पत्रकारहरुले राज्यले निर्धारण गरेको श्रमको ज्याला अनिवार्य पाउनु पर्छ । ’ श्रमको शोषण गर्ने कसैले पाउने छैन ।

त्यस्तै पोख्रेलले पछिल्लो समयको पत्रकारिता सामाजिक न्याय र अधिकार लागि रहे पनि पत्रकारिता र पत्रकार आफैमा असुुरक्षित महसुस गर्नुृ परेको वताउनुभयो । उहाँले भन्नुभयो नेपालको पत्रकारिता अति असुरीाष्त जोखिमको पत्रकारिता रहेकाले राज्य र समुदाय विचको समन्वयको काम गर्ने पत्रकारहरु लाई राज्यले सुरक्षित गर्नु पर्ने जोड दिनुभयो । साथै नेपालको पत्रकारिता विकास उन्मुख रहे पनि सञ्चार माथिको लगानीको अभावका कारण नेपालको पत्रकारिता उल्लेख्य रुपमा आर्थिक रुपमा सक्षम हुन अझै नसकेको उहाले वताउनु भयो ।

नेपाल सरकारले पत्रकारहरुले सुरक्षाका लागि बिमा निति अघि ल्याए पनि स्वास्थ्य बिमा नितिले अझै स्थायित्व पाउन नसकेको वताउदै उहाँले भन्नुभयो – श्रमजिवी पत्रकारहरुको उपचारका लागि राज्यले ५० प्रतिशत उपचार शुल्कमा छुट ग्यारेन्टी हुनु पर्ने वताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव उदय जिएमले दाङको पत्रकारिता मोफसलको सफल पृथक पत्रकारिता रहेकाल दाङ लाई पत्रकारिताको उर्वरभुमिका रुपमा विकास गर्नुपर्ने वताउनुभयो । त्यसका लागि राज्यले दाङको पत्रकरिताको विकासका लागि सक्षम र सवल प्रयासहरु गर्नुपर्ने जोड दिनुभयो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिउ सदस्य वसन्त गिरी , पुरुषोत्तम सुवेदी , नेपाल पत्रकार महासंघ निवर्तमान केन्द्रिय सदसय अजयदिप शर्मा र नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष शुशिल गौतम लगाएतकाले भनाई राख्नु भएको थियो । उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रम सहजीकरण सचिव भुपेन्द्र प्रकाश वंलीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्