स्वर्गद्धारी टोल विकास संस्थाको पाँचौ अधिवेशन



सैघाली खबर

  दाङ २४ , भदौ

स्वर्गद्वारी टोल विकास संस्था घोराहीको पाँचौ  अधिवेशन शनिवार घोराहीमा सम्पन्न भएको छ ।  अधिवेशनले संस्थाको अध्यक्षतामा  भीम कुमार बुढाको  अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा दीपा बुढा, सचिवमा मदन पोख्रेल, कोषाध्यक्षमा महेश देवकोटा, सहसचिवमा विष्णुुकुमारी विक, सहकोषाध्यक्षमा पाल्नु बहादुुर घर्ती चयन भएका छन । त्यस्तै अन्य सदस्यहरु निर्मल बानियाँ क्षेत्री, भ्रान्ती बोहरा, दयासरी बुढा, सुनपुर्णा बुढा, पदमा आर्चाय, घमबहादुर डाँगी र तारा खडका चयन भएका  छन ।

त्यस्तै सल्लाहकारहरुमा डा. लोकराज पराजुली,हरिहर आर्चाय र बिमल केसी चयन हुनुभएको संस्थाले जनाएको छ ।
टोल विकास संस्थाका अध्यक्ष भीमबहादुर बुढाको अध्यक्षता एवं वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्