मिङ्माले राखे विश्व कीर्तिमान, ६ घण्टा १ मिनेटमा सगरमाथा आरोहण



काठमाडौं । आरोही मिङ्मा दोर्ची शेर्पाले सगरमाथा र लोत्से हिमाल ६ घण्टा १ मिनेटमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका छन्। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कीर्तिमानबारे जानकारी गराएका हुन्।

उनले यही सिजनमा विश्वको पाँचौं अग्लो मकालु शिखरको समेत आरोहण गरेका छन्। गत जेठ १३ गते सोमबार बिहान १२स्४४ मा समरमाथाको आरोहण सुरू गरेका मिङमा सोही दिनको बिहान ६स्४५ मा लोत्से शिखर पुगेका थिए।

आफ्नो आरोहणले ‘भिजिट नेपाल ट्वान्टी‍–ट्वान्टी’लाई समेत सहयोग पुर्‍याएको उनले बताए। साथै नेपालमा विदेशी पर्यटक भित्र्याउन आ–आफ्नो क्षेत्रबाट सबैले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्