हावाहुरीबाट प्रभावित सुत्केरी महिलाई राहत दिने निर्णय



 

कैलाली । धनगढी उप–महानगरपालिकाले बिनासकारी हावाहुरीबाट प्रभावित सुत्केरी महिलाई राहत दिने निर्णय गरेको छ । उप–महानगरपालिकाको २३ औं कार्यपालिका बैंठकले हावाहुरीबाट प्रभावित सुत्केरी महिलाई राहत दिने निर्णय गरेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए ।

बिहीबार बसेको कार्यपालिका बैठकले जेठ २३ गतेको हावाहुरीबाट क्षति पुगेका घरधनीलाई क्षतिको आधारमा राहत दिने रहावाहुरीमा परेर घाईते भएकारुको निशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ ।

बैठकले पूर्ण क्षति भएको घरधनीलाई ६ हजार, मध्यम क्षति भएकोलाई ३ हजार, पशुपक्षीमा भएको क्षतिलाई ३ हजार र ब्यावसायीक खेतीलाई ३ हजार राहत सहयोग गर्ने निर्णय गरेको पनि नगरप्रमुख वडले बताए ।

ब्यावसायीक खेतीको हकमा कम्तीमा एक बिगाहामा जमिन मापदण्ड राखेको छ । त्यसैगरी पूर्णरुपमा घरमा क्षति पुगेको घरकी ९० दिन भित्रका सुत्केरी महिलालाई १ हजार पाँचसय रुपियाँ सहयोग गर्ने निर्णय गरिएको नगरप्रमुख वडले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्