पित्तथैलीको अप्रेशन गर्दा डाक्टरले आन्द्रा काटेपछी बिरामीको ज्यान गयो



 

काठमाण्डौ ।सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिक १० कि ५० बर्षिया रामप्यारी थापा मगरको गत बिहिबार ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएर मृत्यू भएपछी बिरामीका आफन्तले डाक्टरको लापरवाहीले मृत्यू भएको भन्दै अस्पताल परिसर भित्र डाक्टरलाई कारवाहीको माग गर्दै नारावाजी गरेका छन् ।

अप्रेशनका क्रममा आन्द्रा त्यतिकै छाडेर बाहिर छाला मात्र जोडदा संंक्रमण भएर ज्यान गए पछि आफ़न्त्हरुले आन्दोलन गरेका हुन् ।ओम अस्पताल सामान्य उपचारका क्रममा अन्य बिरामीको पनि ज्यान जाने भन्दै विवादमा आउने गरेको छ ।

शुक्रबार रामप्यारीको अप्रेसन डा। रबिन कोइरालाको टिमले गरेको थियो।आफन्तले अस्पताल परिसर भित्र गरेको आन्दोलनललाई साम्य पार्न प्रहरीले अश्रु ग्यास र ढुंगा प्रहार गरेको र कुटपिट गरेको भन्दै झनै आक्रोशित भएका छन् । अस्पाताल भने यो विषयमा केहि बोलेको छैन हेर्नुहोस यो भिडियो

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्