तेह्रथुमको आठराई गाउपालिकाद्वारा ज्येष्ठ नागरिकलाई झुल उपहार



 

इन्द्र नेपाली तेह्रथुम

गर्मी मौषमलाई लक्षित गरी तेह्रथुमको आठराई गाउँपालिका–४, इवाले ज्येष्ठ नागरिकहरुलाई झुल उपहार दिएको छ । वडाका २१ महिलासहित २५ जना ८५ वर्षमाथि ज्येष्ठ नागरिकलाई उपहारमा एक–एक थान झुल र कदर–पत्रसहित सम्मान गरिएको वडाध्यक्ष श्यामकुमार भट्टराईले जानकारी दिनु भएको छ । वडा कार्यालयले अपाङ्गता भएकाहरुमध्ये २३ जनालाई पनि एक–एक थान झुल उपहार दिएको छ ।

वडाको सामुदायिक भवनमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बिस्नु बिक्रम सुब्बाले ज्येष्ठ नागरिकहरुलाई झुल उपहार प्रदान गर्नु भएको थियोे । वहाले गाउँपालिकाले विपन्न, लक्षित वर्ग र जटिल प्रकृतिका रोगीहरुलाई विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको बताउनु भएको छ ।

सो अवसरमा वडा कार्यालयले वडाका सात विद्यालयका दुई–दुई जना गरी १४ जना विपन्न विद्यार्थीहरुलाई झोला, विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरेको छ । वडा कार्यालयका तर्फबाट केलिङ, भानु र जनता आधारभूत विद्यालय तथा लाङ्घाली मगर समाजलाई कुर्सी, टेवल लगायत फर्निचर समेत वितरण गरिएको वडाध्यक्ष भटराईले बताउनु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्