त्यो शुक्रवारको फोन मृत्युको संदेश पाउंदा



 

टेक बहादुर पुन,
देउखुरी । कान्छि सुनन, म यही दशैमा फर्किदैछु नि१ु जेठ २४ गते शुक्रबार श्रीमान फुलिराम चौधरीले आफ्नो जीवन सँगिनीलाई यसैगरि फोनमा भनेका थिए । म छिट्टै घर आउँछुु यस अघि कहिल्यै घर आउने कुरा नगरेका चौधरीले घर आउँछु भनेपछि सम्झना खुसिले गदगद भईन । दशैमा आउने सन्देश पठाएका श्रिमाणको पर्खाईमा १र१ दिन गन्दै दिन बिताउन थालिन सम्झनाले । तर त्यो पर्खाइ सधै पर्खाइ नै भयो । उनको यो बोली नै अन्तिम भयो संझनाका लागी ।

सुक्रबार कहिले आउला र श्रीमानसँग फोनमा अझै लामो कुरा गरौँला भनेरै उनी पर्खन्थिन । किनकि, कतारमा श्रीमानले शुक्रबार फुर्सद पाउथेँ, बिदाको दिन हुन्थ्यो । हरेक शुक्रबार उनले सधै फोन गर्थे घरमा ।

उनकै यादमा शुक्रबार पर्खेकि सम्झनालाई जेठ ३१ गते शुक्रबारकै दिन कतारबाटै फोन आयो । फोन आउँदा खुसीले गदगद हुँदै उनले हत्तपत्त फोन उठाईन । फोनमा संदेश पाईन श्रीमानको मृत्युको अकल्पनिय खबर । दशैको रमझममा गाउँमा रमाउन आउने श्रीमाण फुलिराम दशै अगाबै गाउँ फर्किने भए, तर जिउँदो शरीर होईन, मृत शब ।
त्यो फोन श्रीमान फुलिरामको नभई उनको साथिको थियो । त्यही फोन मार्फत श्रिमाण फुलिरामको मृत्युको खबरले सम्झना बेहोस भएर ढलिन । आवाज बन्द भए । चिटचिट पसिना आयो, ओठमुख सुके, सपनाहरू लथालिँग भए । श्रीमान श्रमका लागि ४ बर्ष अघि कतार पुगेका थिए । त्यति लामो समय एक्लै दैनिकि गुजारिन लमही नगरपालिका वडा नम्बर ८ बिचकागाउँ निवासी २६ बर्षिय सम्झना चौधरीले ।
३५ बर्षिय फुलिराम चौधरीको मृत्युको खबरले अहिले सिँगो गाउँ नै शोकमग्न भयो ।

खरको छानो भएको घरबाट आफ्नो परिवारलाई पक्कि घरमा बसाउने सपना बोकेर चौधरी २०७२ साल कार्तिकमा कतारको ज्याक कन्ट्रक्सन कम्पनिमा गएका थिए । सधै गासको लागि बाँस छोड्नुपर्ने चौधरीको परिवार लाई आर्थिक स्थिती कमजोरले खुसि साथ बाँच्न कहिल्यै दिएन । श्रिमती सम्झना सँगै सिँगो परिवारको खुसीका लागी कतार पुगेका चौधरीको गत जेठको ३० गते मृत्यु भयो । घरको कान्छा छोरा हुन फुलिराम । घरपरिवारको जिम्मेवार बोकेका फुलिरामको बुवाको सान‌ै छँदा मृत्यु भयो ।

बुवाको मृत्यु पश्चात् परिवारको सम्पुर्ण जिमेवार काँधमा बोकेका फुलिराम पनि आज जिवित रहेनन् ।फुलिरामका छोराछोरी नभएपनि गरिबिको दैनिकि सास्तिनै हुँदो हो । फुलिरामका ४ दाजु भएपनि सबैले आफ्नो गर्ने आफ्नो खाने गर्छन् । दाईहरूको गतिलो साथ नपाएकाले पनि उनी बैदेशिक यात्रामा जाने निधो गरेका थिए ।

घरको छाना अड्याउने धुरीखाम्बो नै बिचमै भाँचिएपछि फुलिरामका श्रीमती र आमा एकोहोरो भएका छन् । आमाको न्यानो काख र श्रिमतिको साथबाट सदाका लागि टाढिएका फुलिराम अब कहिल्यै यो सँसारमा फर्किने छैनन् । अहिले परिवार चौधरीको लासको प्रतीक्षामा छन । फुलीरामले कतारमा साथीलाई दुईलाख रुपैँया सापटी दिएको उनका जेठो दाई हरिराम चौधरीले भने ।

 

भाईको साथीले फोनमा आत्महत्या गरेको खबर सुनाए पनि मृत्युको कारण एक्किन हुन नसकेको मृतकका दाइ हरिरामले बताए ।
मृतक फुलिराम पहिलो पटक विदेशिक यात्रामा गएका थिए । उनको शव घरमा आउने तयारी भईरहेपनि अझै आइपुगेको छैन ।

विदेश पठाउने एजेन्ट भिम डाँगिले फुलिरामको शबलाई घरमा पुय्राउने बताएको उनका दाइ चौधरीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्