‘शैक्षिक विकासको उपज ,नै सामाजिक विकास हो ’ः मेयर



सैघाली खबर
दाङ २८ , भदौ
घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले शैक्षिक विकासको उपज नै सामाजिक विकास रहेका वताएका छन । पद्यमोदय क्याम्पस घोराहीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा वोल्दै मेयर चौधरीले व्यक्ति चेतनशिल , शिक्षित रहेमा मात्रै समाज शिक्षित र चेतनशिल बन्न सके वताएका छन ।

क्याम्पस व्यावस्थापन समितिका अध्यक्ष बम वहादुर डिसीको अध्यक्षता एंव घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यता तथा घोराही उप–महानगरपालिकाका वडा नम्वर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डे र क्याम्पस प्रमुख निश्चल आचार्यको विशिष्ट आतिथ्यता सम्पन्न कार्यक्रममा प्रमुख चौधरीले शैक्षिक विकासले समाज रुपान्तरण गर्न सक्ने , समृद्धिको आधार निर्माण गर्ने वताए ।

चौधरीले अवको शिक्षा गुणात्मक शिक्षा भन्दा गुणस्तरिया शिक्षा विकास गर्ने पर्ने आवश्यक रहेको वताए । मात्रामा भन्दा पनि परिणाममा आधारित शिक्षा विकास गरी वढदो शैक्षिक वेरोजगारीको अन्त्य गरिनु पर्ने , जागिर मुखी शिक्षा भन्दा पनि आन्तनिर्भरताको शिक्षा विकास गरिनु पर्ने उनले वताए ।

कार्यक्रममा क्याम्पस प्रमुख निश्चल आचार्यले सरकारले सामुदायिक क्याम्पस तथा विद्यालयहरुको शैक्षिक स्तर सुधारका लागि हर प्रयास गरे पनि वर्षेनी विद्यार्थीको सख्या खस्कदो रहेकाले सामुदायिक प्रागिक थलो लाई सामाजिकीकरण तथा विशिष्टीकरण गर्न आवश्यक रहेको वताए । उनले भने राज्यले पुर्वाधार देखी शैक्षिक स्तर लाई प्रविधि मैत्री व्यावहारिक शिक्षामा विकास गर्नु पर्ने वताएका थिए ।भने घोराही उप–महानगरपालिका वडा नम्वर १५का वडा अध्यक्ष रमेश कुमार पाण्डेले दाङको घोराही नमुना योग्य शैक्षिक हवका रुपमा विकास गर्न आवश्यक रहेको वताए ।घोराही रहेकाले पुराना तथा नयाँ सामुदायिक शिक्षालयहरुको एककृत शैक्षिक योजनाको निर्माण गरी नमुनायोग्य शिक्षिक गन्तव्यका रुपमा सामुदायिक शिक्षालयहरु विकास गरिनु पर्ने वताएका थिए ।

कार्यक्रममा पद्यमोदय नमुना उच्च माध्यामिक विद्यालयका प्राचार्य डा. कृष्णराज डिसी , शिक्षक निशान्त आचार्य र सम्मानित विद्यार्थी विष्णु रोका लगाएतकाले भनाई राखेका थिए । यसै विच कार्यक्रमको अवसरमा क्याम्पसले क्याम्पसमा अध्ययनरत विभिन्न विद्यार्थीहरुले सरकारी तथा गैर सरकारी वैक तथा वित्तिय सस्थाहरुमा नाम निकाल्न सफल भएका सम्मान गरेको छ । विविएस चौथौ वर्षमा अध्ययनरत घोराही उप–महानगरपालिका वडा नम्वर ८ का विष्णु रोकाल वाणिज्य वैकको कनिष्टर सहायक , तेस्रो वर्षमा अध्ययनरत दिक्षा भण्डारी , मोहन डाँगी , किमा पाण्डे र शरद सेनले वैक तथा वित्तिय संस्थामा नाम निकाल्न सफल भएको स्वागत सम्मान गरेको छ ।

भने क्याम्पसको उत्कृष्ट विद्यार्थीको रुपमा विबिएस चौथो वर्षमा अध्ययनरत ४ जना सम्मान गरेको छ । जसमा विष्णु रोका , रामबिच्र्छु चौधरी , रमेश चौधरी र चेतराज भट्ट लाई उत्कृष्ट विद्यार्थीमा रुपमा घोषणा गरेको छ । शिक्षक विद्यार्थी समन्वय समितिका अध्यक्ष अम्मर घर्तिको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण रमेश महरा र आशा वंलीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्